default_image

2 years ago

January 11, 2022

एन्फा सदस्य उपाध्याय साफको दुई समितिमा

171 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य तथा पुरुष राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय दक्षिण एसियाली खेलकुद महासंघ (साफ) को दुई स्वतन्त्र समितिको सदस्यमा मनोनित भएका छन् ।

शुक्रबार आयोजित साफको विशेष साधार सभाले सन् २०२२ देखि २०२६ सम्मका लागि तीन समिति निर्माण गरेको थियो । उक्त तीन समिति मध्य अनुशासन समिति र निर्वाचन समितिमा उपाध्याय मनोनित भएका हुन् । अपिल समितिमा भने नेपालको तर्फबाट नवराज थपलिया मनोनित भएका छन् ।

उपाध्याय बी डिभिजन क्लब बाँसबारीसँग लामो समयदेखि आबद्ध रहेका छन् । एन्फाको केन्द्रिय सदस्य उनी सन् २०१९ देखि राष्ट्रिय टोलीको व्यवस्थापक पनि रहँदै आएका छन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.