default_image

2 years ago

January 12, 2022

नाइजेरियासँग इजिप्टको हार

124 views

0 Bookmark

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा इजिप्टले पहिलो खेलमा नाइजेरियासँग हार बेहोरेको छ । नाइजेरियाले इजिप्टलाई १–० ले पराजित गरेको हो ।

ओम्निीपोर्ट रुम्दी एड्जिया क्यामरुनमा मंगलबार राति भएको खेलमा नाइजेरियाको जितमा पहिलो हाफमा केलिची इहानाचोले गरेको गोल नै निर्णायक बन्यो । उनले ३०औं मिनेटमा जोइ एरिवोको पासमा गोल गरेका थिए ।

एक गोलले पछि परेको इजिप्टले बल पोसेसन राख्दै दवाव बढाएपनि नाइजेरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा पराजित हुन पुग्यो । स्टार फरवार्ड तथा कप्तान मोहम्मद सलाहले नाइजेरियाविरुद्ध कुनै जादु देखाउन सकेन ।

यो जितसँगै समूह ‘डी’ मा नाइजेरियाले एक खेलबाट ३ अंक जोडेको छ । इजिप्ट अंकविहीन हुँदै पुछारमा छ । अर्काे खेलमा गिनिया विसाउ र सुडानले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीसँगै गिनिया र सुडान समान एक अंक जोड्दै दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

समूह ‘ई’ को खेलमा अल्जेरिया र सिइरा लिओनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.