default_image

2 years ago

January 12, 2022

साउथह्याम्टनको सानदार जित

99 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साउथह्याम्टनले सानदार जित निकालेको छ । साउथह्याम्टनले घरेलु मैदानमा ब्रेन्टफर्डमाथि ४–१ को फराकिलो जित आत्मसात गरेको हो ।

घरेलु मैदान सेन्ट मेरिजमा मंगलबार राति भएको खेलमा साउथह्याम्टनको जितमा जान वेडनारेक, अर्मान्डो ब्रोजा र चे एडाम्सले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । ब्रेन्टफर्डका भिटाली जानेल्टले एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा जान वेडनारेकको गोलबाट साउथह्याम्टनले सुरुवाती अग्रता लिएको थियो । २३औं मिनेटमा भिटाली जानेल्टले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

३७औं मिनेटमा अल्भारो फर्नान्डेजले आत्मघाती गोल गरेपछि साउथह्याम्टनले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो । ४९औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै खेललाई ३–१ को आरामदायी स्थितिमा ल्याउँदै टोलीलाई सहज जिततर्फ अघि बढाए । ७०औं मिनेटमा चे एडाम्सले गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै साउथह्याम्टन २० खेलबाट २४ अंक जोडेर ११औं स्थानमा उक्लन सफल भएको छ । पराजित ब्रेन्टफर्ड २३ अंक जोडेर १३औं स्थानमा झरेको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.