default_image

3 years ago

January 12, 2022

रियल र बार्सिलोनाबीच मिडफिल्ड मास्टरमाइन्डको ‘ब्याटल’

198 views

0 Bookmark

एजेन्सी – स्पेनिस सुपर कपको पहिलो सेमिफाइनलमा आज (बुधबार) राति सिजनको दोस्रो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साउदी अरवको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । यो खेल दुवै टोलीको लागि निकै विशेष हुनेछ ।

बार्सिलोनाको डगआउटमा मिडफिल्डरको मास्टर माइन्ड जाभी हर्नान्डेज तथा रियलको मैदानमा लुका मोड्रिच, क्यासमिरो र टोनी क्रुसको विश्व फुटबलको उत्कृष्ट मिडफिल्ड ट्रिओ रहनेछ । यि तीनैजनाले ठुलो सफलताको लागि धेरै वर्षसँगै खेल्दै थुप्रै उपाधि जितेका छन् । तर यिनीहरुले पहिलोपटक अर्काे मिडफिल्डर मास्टर जाभी हर्नान्डेजको सामना गर्दैछन् ।

यसर्थ साउदी अरबको रियादमा मिडफिल्डर मास्टर माइन्डको ‘ब्याटल’ हुनेछ । जाभी आँफै आन्द्रेस इनिस्टा र सर्जियो बुस्क्वेट्ससँगै फुटबलको उत्कृष्ट मिडफिल्ड ट्रिओको हिस्सार थिए । जसले एक पुस्ताको लागि सबै जितेका थिए ।

बुस्क्वेट्सले अझैपनि युवा खेलाडीसँगै क्याटलानको मिडफिल्ड सम्हालिरहेका छन् । अब बुस्क्वेट्सको साथमा प्रशिक्षक जाभी डगआउटमा हुनेछन् । जाभीले विरलै रियलको ट्रिओविरुद्ध खेले । तर, बुधबार रातिको खेल एक चाख लाग्दो ब्याटल नै हुनेछ ।

स्पेनिस जाभीले बार्सिलोनामा खेलाडीको रुपमा रहँदा रियल म्याड्रिविरुद्ध ४२ खेल खेले । जसमा १७ जित, १२ बराबरी र १३ हारको नतिजा छ ।

रियल म्याड्रिडले सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई उसकै मैदानमा २–१ को जित निकाल्न सफल भएको थियो । बार्सिलोना आफ्नो प्रतिद्धन्द्धीबारे राम्रोसँग जानकार छ । बार्सिलोनाले जाभीलाई नियुक्त गर्न रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो ।

February 15, 2025

आहा राराको फाइनल आज -पुलिस र बुल्स भिड्दै

पोखरा(हाम्रो खेलकुद)- २४ औं आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज पोखरा रंगशालामा ६ पटकको च्याम्पियन नेपाल पुलिस फुटबल क्लबको सामना उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले गर्देछ। पुलिस पोखरामा सर्वाधिक ७ पटक च्याम्पियन बन्ने दाउमा रहेको छ। यसको लागि उसले उज्वेकिस्तानको ब्ल्याक बुल्सको कडा चुनौती पार गर्नुपर्नेछ। बुल्सको आहा रारामा पहिलो सहभागीता हो। तर उसले […]

February 14, 2025

एनएसएलमा अन्जन चितवनको मार्की

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाल सुपर लिगको फ्रेन्चाइज फुटबल क्लब चितवनको मार्की खेलाडीमा सार्वजनिक भएका छन् । गत सिजन झापा फुटबल क्लबको मार्की रहेका अन्जनलाई यसपटक चितवनले अनुबन्ध गरेको छ । चितवनले यसअघि प्रशिक्षकमा नविन न्यौपानेलाई अनुबन्ध गरेको थियो । अन्जन राष्ट्रिय टोलीमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त […]

February 14, 2025

सातौं पटक च्याम्पियन बन्न पुलिसले उज्वेकिस्तानको बुल्ससँग खेल्ने

पोखरा (हाम्रो खेलकुद) – २४औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि भोलि ६ पटकको विजेता नेपाल पुलिस फुटबल क्लबले पहिले पटक नेपाल आएको उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको साममा गर्दैछ । पुलिस सर्वाधिक सात पटक च्याम्पियन बन्दै नयाँ इतिहास बनाउने दाउमा रहेको छ। आहा! रारा गोल्डकपमा अहिलेसम्म पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक जितेका […]

Success

Thank you for your time.