default_image

3 years ago

January 12, 2022

रेफ्रीले खेल नसकिदै अन्तिम ह्वीसिल बजाएपछि….

185 views

0 Bookmark

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा रेफ्रीले निर्धारित समयको खेल नसकिदै दुईपटक अन्तिम ह्वीसिल बजाएका छन् । ट्युनिसियालाई मालीले १–० ले पराजित गरेको खेलमा रेफ्री ज्यानी सिकज्वेले दुईपटक खेल सकिएको ह्वीसिल बजाएका थिए ।

रेफ्री ज्यानीले ८५औं मिनेटमा अन्तिम सिटी बजाए, खेल पुन सुचारु भएपनि उनले ८९ मिनेट ४३ सेकेन्डमा अन्तिम सिट्टी फुके । खेल सकिन बाँकी छँदै अन्तिम सिटी बजेपछि एक गोलले पछि रहेको ट्युनिसियाको बेञ्च निकै क्रोधित बनेको थियो । ट्युनिसियाका प्रशिक्षक मोन्डर केबाइरले जाम्बियाका रेफ्री ज्यानीको हात समातेर आफ्नो घडीमा समय रहेको औंल्याएका थिए ।

केबाइरले लाइन्समेनलाई रेफ्रीले समय बाँकी रहँदै सिट्टी फुकिएको गुनासो गरेका थिए । त्यसपछि उनलाई सुरक्षा घेरामा राख्दै ड्रेसिङ रुमतर्फ लगिएको थियो । मालीका प्रशिक्षक मोहम्मद मगासौबाको खेलपछिको पत्रकार सम्मेलनपछि अबरुद्ध भएको थियो । त्यसपछि अफ्रिकी फुटबल संघका अधिकारीहरुबीचको छलफलपछि अन्तिम तीन मिनेटमा खेल भएको थियो ।

तर अन्तिम तीन मिनेट नाटकीय ट्वीस्टमा ट्युनिसियाले बाहिर आउन र अन्तिम तीन मिनेट खेल्न अस्वीकार गरिरहेको देखिएको थियो । रेफ्री सिकज्वे र मालीले उनीहरुललाई पर्खिरहेका थिए । रेफ्री सिकज्वेले त्यसपछि सिटी बजाए र खेल सकिएको निर्देशन दिए ।

सिकज्वेले पाँच मिनेट पानीको ब्रेकको लागि खेल रोक्दा त्रुटि भएको मानिएको छ । त्यो गल्तीले उनको घडीमा ९० मिनेट चलेको देख्यो । जवकि घडीमा ८५औ मिनेट मात्र पुगेको थियो । थप समय खेलाउँदा सम्भावित अर्काे भ्रम निम्तने समस्या सम्भावना पनि रहेको थियो ।

उक्त खेलमा माली १–० ले विजयी हुन सफल भयो । मालीका लागि इब्राहिमा कोनाले ४८औं मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो ।
७७औं मिनेटमा ट्युनिसियाका वाहवि खाज्री पेनाल्टीमा चुकेका थिए । ८७औं मिनेटमा इल विलाल टाउरे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा माली १० खेलाडीमा समेटिन पुगेको थियो ।

यो जितसँगै मालीले समूह ‘एफ’ मा ३ अंक जोडेको छ । ट्युनिसिया अंकविहीन छ ।

February 7, 2025

आहा राराको पूर्व विजेता संकटा भारतीय क्लबसँग खेल्दै

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दुई पटकको च्याम्पियन संकटा क्लबले यसपटक प्रि क्वाटरफाइनलबाट आफ्नो यात्रा सुरु गर्दैछ। पोखरा रंगशाला जारी आहा राराको २४ औं‌ संस्करणको अन्तिम प्रि क्वाटरफाइनलमा आज संकटाले भारत सिक्किमको थन्डरबोल्ट युनाइटेडको सामना गर्नेछ। पछिल्लो ४ वर्षमा दुईपटक च्याम्पियन बनेको संकटा आहामा सर्वाधिक सफल टोली मध्ये चौथोमा पर्दछ। नेपाल […]

February 7, 2025

लिभरपुल लिग कपको फाइनलमा

एजेन्सी – लिभरपुल लिग कपको फाइनलमा प्रवेश गरेको छ । टोटनहमलाई बिहीवार सेमिफाइनलको दोस्रो लेगको ४- ० ले हराएपछि समग्रमा ४-१ को अग्रतासहित लिभरपुल उपाधि नजिक पुगेको हो। सेमिफाइनलको पहिलो लेगमा टोटेनहम १-० ले विजयी भएको थियो। घरेलुु मैदान एनफिल्डमा लिभरपुलका लागि कोडी गाक्पो, मोहमद सलाह, डोमिनिक सबुसलाय र भर्जिल भान डाइकले गोल गरे । गोक्पोले […]

February 7, 2025

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा, टोरेसको ह्याट्रिक

एजेन्सी – बार्सिलोना कोपा डेल रेको सेमिफाइनल पुगेको छ । भ्यालेन्सियालाई बिहीवार भएको क्वाटरफाइनलमा ५-० ले हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो । बार्सिलोनाको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे । टोरेसले ३० मिनेट भित्र नै ह्याट्रिक पूरा गरे भने बार्सिलोनाले पहिलो हाफमा नै ४-० को […]

Success

Thank you for your time.