default_image

4 years ago

January 12, 2022

रेफ्रीले खेल नसकिदै अन्तिम ह्वीसिल बजाएपछि….

258 views

0 Bookmark

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा रेफ्रीले निर्धारित समयको खेल नसकिदै दुईपटक अन्तिम ह्वीसिल बजाएका छन् । ट्युनिसियालाई मालीले १–० ले पराजित गरेको खेलमा रेफ्री ज्यानी सिकज्वेले दुईपटक खेल सकिएको ह्वीसिल बजाएका थिए ।

रेफ्री ज्यानीले ८५औं मिनेटमा अन्तिम सिटी बजाए, खेल पुन सुचारु भएपनि उनले ८९ मिनेट ४३ सेकेन्डमा अन्तिम सिट्टी फुके । खेल सकिन बाँकी छँदै अन्तिम सिटी बजेपछि एक गोलले पछि रहेको ट्युनिसियाको बेञ्च निकै क्रोधित बनेको थियो । ट्युनिसियाका प्रशिक्षक मोन्डर केबाइरले जाम्बियाका रेफ्री ज्यानीको हात समातेर आफ्नो घडीमा समय रहेको औंल्याएका थिए ।

केबाइरले लाइन्समेनलाई रेफ्रीले समय बाँकी रहँदै सिट्टी फुकिएको गुनासो गरेका थिए । त्यसपछि उनलाई सुरक्षा घेरामा राख्दै ड्रेसिङ रुमतर्फ लगिएको थियो । मालीका प्रशिक्षक मोहम्मद मगासौबाको खेलपछिको पत्रकार सम्मेलनपछि अबरुद्ध भएको थियो । त्यसपछि अफ्रिकी फुटबल संघका अधिकारीहरुबीचको छलफलपछि अन्तिम तीन मिनेटमा खेल भएको थियो ।

तर अन्तिम तीन मिनेट नाटकीय ट्वीस्टमा ट्युनिसियाले बाहिर आउन र अन्तिम तीन मिनेट खेल्न अस्वीकार गरिरहेको देखिएको थियो । रेफ्री सिकज्वे र मालीले उनीहरुललाई पर्खिरहेका थिए । रेफ्री सिकज्वेले त्यसपछि सिटी बजाए र खेल सकिएको निर्देशन दिए ।

सिकज्वेले पाँच मिनेट पानीको ब्रेकको लागि खेल रोक्दा त्रुटि भएको मानिएको छ । त्यो गल्तीले उनको घडीमा ९० मिनेट चलेको देख्यो । जवकि घडीमा ८५औ मिनेट मात्र पुगेको थियो । थप समय खेलाउँदा सम्भावित अर्काे भ्रम निम्तने समस्या सम्भावना पनि रहेको थियो ।

उक्त खेलमा माली १–० ले विजयी हुन सफल भयो । मालीका लागि इब्राहिमा कोनाले ४८औं मिनेटमा पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो ।
७७औं मिनेटमा ट्युनिसियाका वाहवि खाज्री पेनाल्टीमा चुकेका थिए । ८७औं मिनेटमा इल विलाल टाउरे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा माली १० खेलाडीमा समेटिन पुगेको थियो ।

यो जितसँगै मालीले समूह ‘एफ’ मा ३ अंक जोडेको छ । ट्युनिसिया अंकविहीन छ ।

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

Success

Thank you for your time.