default_image

2 years ago

January 13, 2022

टोटेनहमलाई हराउँदै चेल्सी कारवाओ कपको फाइनलमा

101 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी टोटेनहम हटस्परलाई पराजित गर्दै लन्डन क्लब चेल्सी इएफएल कप अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो लेगमा १–० को तथा समग्रमा ३–० को जित निकाल्दै चेल्सीले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा २–० को जित निकालेको थियो ।

दोस्रो लेगमा चेल्सीले घरेलु टोली टोटेनहमलाई १–० ले पराजित गर्दा पहिलो हाफमा एन्टेनियो रुडिगरले गरेको गोल नै निर्णायक बन्यो ।टोटेनहम हटस्पर स्टेडियममा बुधबार राति भएको खेलमा रुडिगरले खेलको १८औं मिनेटमा गोल गरेका थिए । उनले मासन माउन्टको पासमा गोल गरेका थिए । चेल्सीले त्यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै जित निकाल्न सफल भयो ।

११औं मिनेटमा रोमेलु लुकाकुको प्रहारलाई गोलरक्षक पिएरलुइजी गोल्लिनीले बचाए । १८औं मिनेटमा रुडगरले गोल गर्दै चेल्सीलाई अग्रत दिलाए । ३२औं मिनेटमा डाभिन्सन सान्चेजको पासमा ह्यारी केनले सुवर्ण अवसर खेर फाल्दा टोटेनहम बराबरीबाट चुक्यो । खेलमा टोटेनहमको दुई पटकको पेनाल्टी अपिललाई भिएआरले मान्यता दिएन । ६३औं मिनेटमा ह्यारी केनले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन ।

अब चेल्सीले उपाधिका लागि लिभरपुल र आर्सनलबीचको विजेतासँग २७ फेब्रुअरीमा प्रतिस्पर्धा गर्नेछ । लिभरपुल र आर्सनलबीचको दुवै लेगको खेल बाँकी रहेको छ । पहिलो लेग आज (बिहीबार) राति तथा दोस्रो लेग २० जनवरीको राति हुनेछ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.