default_image

2 years ago

January 18, 2022

रोनाल्डोलाई विशेष अवार्ड

49 views

0 Bookmark

एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले फिफाबाट विशेष अवार्ड प्राप्त गरेका छन् ।

फिफाले रोनाल्डोलाई पुरुषतर्फ देशबाट सर्वाधिक गोलकर्ता (११५) भएका कारण विशेष अवार्ड प्रदान गरेको हो । उनले यसै वर्ष इरानका अली दाईको नाममा रहेको १०९ गोलको कीर्तिमानलाई तोड्दै आफ्नो नाममा लेखाएका थिए ।

‘यो सपना हो ।’ रोनाल्डोले भने, ‘सबैभन्दा पहिले, मैले गत २० वर्षमा राष्ट्रिय टोलीमा खेल्ने मेरो टोलीका साथीहरुलाई धन्यवाद भन्न चहान्छु । कीर्तिमान १०९ थियो, ठीक छ । ६ गोलले अगाडि छु । मलाई धेरै गर्व छ । यो फिफाबाट विशेष पुरस्कार हो । जुन संस्थालाई म धेरै सम्मान गर्छु ।’

‘मैले मेरो परिवारलाई पनि धन्यवाद दिन चहान्छु । छिट्टै म फेरि बुबा बन्नेछु । गर्व छ । सबै समयको सर्वाधिक गोलकर्ता बन्न पाउनु ठुलो कुरा हो । ममा अझैपनि खेल र गोल गर्ने जोश छ । म पाँच वर्षको उमेरदेखि नै फुटबल खेल्छु, जब म पिचमा जान्छु, प्रशिक्षणमा पनि मेरो हौसला अझै छ ।’

‘३७ वर्ष पुग्दैछु । म कडा परिश्रम गरिरहन्छु । मलाई खेल मनपर्छ र जोश छ । म यसलाई जारी राख्न चहान्छु । यो सबै मानसिक हो । यदि तपाईले आफ्नो शरीरलाई राम्रोसँग ख्याल गर्नुभयो भेने तपाईलाई जे चाहिन्छ, त्यो फिर्ता पाउनु हुनेछ ।’

May 20, 2024

डिबाला बिना अर्जेन्टिनाको टोलीको घोषणा

एजेन्सी – अर्जेन्टिनी फुटबल एसोसिएसन (एएफए) ले आउँदो कोपा अमेरिकाका लागि सार्वजनिक गरेको प्रारम्भिक अर्जेन्टिना टोलीमा स्टार खेलाडी पाउलो डिबाला पर्न असफल भएका छन् । इटालियन टोली रोमामा आवद्ध उनी २९ जनाको प्रारम्भिक टोलीमा समेत रहन असफल रहे । डिबालाले यस सिजन रोमाका लागि ३८ खेलमा १६ गोल गरेका छन् । लिगको छैठौं स्थानमा रहेको […]

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

Success

Thank you for your time.