default_image

2 years ago

January 19, 2022

अग्रता जोगाउन नसक्दा चेल्सी रोकियो

166 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगमा बराबरीमा रोकिएको छ । चेल्सी घरेलु टोली ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सीका लागि हाकिम जियाचले गोल गर्दा घरेलु टोलीका एडाम वेवस्टेरले एक गोल फर्काए ।

खेलको २८औं मिनेटमा जियाचले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । उनले एङ्गोलो कान्टेको पासमा गोल गर्न सफल भएका थिए । तर, चेल्सीले त्यो अग्रतालाई पहिलो हाफमा जोगाउन सकेन ।

६०औं मिनेटमा एडामले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले एलेक्सिस म्याक एलिस्टेरको पासमा हेडमार्फत गोल गर्न सफल भएका थिए । चेल्सीले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि थप गोल निकाल्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

यो बराबरीसँगै चेल्सीले दोस्रो स्थानमा उक्लने मौकासमेत गुमाउँदा उपाधि होड थप कमजोर बनेको छ । चेल्सी २३ खेलबाट ४४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दुई खेल कम खेलेको लिभरपुल ४५ अंक जोडेर दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको शीर्षस्थानको म्यानचेस्टर सिटीको ५६ अंक छ । चेल्सी शीर्षस्थानको सिटीसँग १२ अंकले पछि छ । ब्राइटन २९ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

May 12, 2024

रियल म्याड्रिडको फराकिलो जित

एजेन्सी – लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको हो । बायर्न म्युनिखलाई पराजित गरेको सुरुवाती ११ बाट १० परिवर्तन गरेको रियललाई फ्रान गार्सियाले ३८औं मिनेटमा आग्रह दिलाए । सो अग्रता आर्डा […]

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.