default_image

2 years ago

January 25, 2022

थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइनलमा

157 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पाँच पटकको च्याम्पियन रुस्लान थ्री स्टार क्लबलाई पराजित गर्दै विभागीय त्रिभुवन आर्मी क्लब २०औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टारलाई १–० ले पराजित गर्दै आर्मीले सेमिफाइनलमा मनाङसँगको भेट पक्का गरेको हो । आर्मीलाई अन्तिम चारमा पुर्याउन सब्सिच्युट फरवार्ड राजीव गुरुङले दोस्रो हाफमा गरेको गोल नै निर्णयक बन्यो । उनी मैदान छिरेको सात मिनेटमै गोल गर्न सफल भएका थिए ।

खेलको आठौं मिनेटमा जर्ज प्रिन्स कार्कीको वान भर्सेस वानको अवस्थाको प्रहारलाई गोलरक्षक प्रिसोले बचाउँदा आर्मी अग्रता लिनबाट चुक्यो । निशान खड्काबाट टंक बस्नेतले खोसेको बलमा उनले एक्लै अघि बढाउँदै गरेको प्रहारलाई प्रिसोले अघि बढ्दै बचाउन सफल भएका थिए । २२औं मिनेटमा मिक्चेन तामाङको पेनाल्टी बक्स बाहिरको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरियो ।

४३औं मिनेटमा जर्ज प्रिन्स कार्कीको फ्रिकिकलाई प्रिसोले नियन्त्रणमा लिँदा युद्ध शाहीले फउल गर्न पुगेका थिए । ६३औं मिनेटमा जर्ज प्रिन्स कार्कीको झन्डै २५ यार्ड टाढाको सशक्त फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक प्रिसोले पञ्च गर्दै बचाए ।

७०औं मिनेटमा वैकल्पिक फरवार्ड राजीवले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए । जर्जप्रिन्स कार्कीको फ्लिकमा अन्तिम डिफेन्डर जीवन गुरुङ मैदानको बीच भागमा चिप्लिन पुग्दा आर्मी भाग्यमानी बनेको थियो । राजीवले झन्डै ३५ यार्ड टाढाबाट गोलरक्षक प्रिसो अघि बढ्दै गरेको अवस्थामा गरेको प्रहारले सहजै जाली चुमेको थियो । उनी ६४औं मिनेटमा टंक बस्नेतको स्थानमा मैदान छिरेका थिए ।

७७औं मिनेटमा जर्ज प्रिन्सको प्रहार दोस्रो बार च्याप्दै बाहिरियो । ८५औं मिनेटमा मिक्चेन तामाङको कर्नरलाई गोलरक्षक विकेशले पञ्च गरेपनि लाकेन लिम्बुको भली प्रहारलाई विजय भुजेलले ओभरहेड कि प्रयास गर्दा आर्मीका भरत खवासले हेड गर्दै बचाए ।

अब आर्मीले फाइनल प्रवेशका लागि बिहीबार मनाङ–मर्स्याङ्दी क्लबको सामना गर्नेछ । मनाङले पुलिसलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । यो सँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । अब सेमिफाइनलमा बुधबार एपिएफ र मछिन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन् । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

पहिलो वर्ष क्याराभान गोल्ड कपसहित २१ वर्षदेखि निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा बचत हुन आएको रकम क्लबद्वारा संचालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । एकेडेमीमा हाल तेस्रो ब्याचमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । २०७० साल देखि उनीहरु आवसिय रुपमा निशुल्क स्वास्थ्य, शिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा–१७ स्थित दोविल्लामा प्रदान गर्दै आईरहेका छ ।

आहा रारा गोल्डकपको सम्पूर्ण खेल तालिका तथा नतिजाको लागि यहाँ थिच्नुहोस

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.