default_image

2 years ago

January 28, 2022

चिलीको मैदानमा अर्जेन्टिनाको जित

138 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले घरेलु टोली चिलीलाई पराजित गरेको छ । अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो ।

अर्जेन्टिनाको जितमा एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गरे । घरेलु टोलीका विन वेरेन्टेनले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

कालमा चिलीमा शुक्रबार बिहान भएको खेलको १०औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए । उनले रोड्रिगो डि पउलको पासमा गोल गर्न सफल भएका थिए । २१औं मिनेटमा बेन बेरेन्टेनले बराबरी गोल फर्काए । उनले मार्सेलिनो नुनेजको पासमा गोल गर्न सफल भएका थिए ।

३४औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–१ ले अघि बढाए । दोस्रो हाफमा घरेलु टोली चिलीले अर्जेन्टिनामाथि दवाव सिर्जना गरेपनि पाहुना टोलीले आफ्नो अग्रता जोगाउँदै विश्वकप छनोटमा नवौं जित निकाल्न सफल भयो ।

जितसँगै दोस्रो स्थानमा रहेको अर्जेन्टिनाको १४ खेलबाट ३२ अंक पुगेको छ । अर्जेन्टिनाले कतार विश्वकपमा स्थान पक्का गरिसकेको छ । अर्जेन्टिनासँगको हारले चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।

चिली १५ खेलबाट १६ अंक जोडेर सातौं स्थानमा रहेको छ । टोली शीर्ष चारको उरुग्वेभन्दा ३ अंकले तथा प्ले अफ अर्थात पाँचौ स्थानको कोलम्वियासँग १ अंकले पछि छ । अब चिलीले छनोटको बाँकी खेलमा जित निकालेर मात्रै पुग्दैन । अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

यस्तै दक्षिण अमेरिकी छनोटकै खर्काे खेलमा उरुग्वेले घरेलु टोली पाराग्वेलाई १–० ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । उरुग्वेको जितमा लुइस सुआरेजले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै उरुग्वे १५ खेलबाट १९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 19, 2024

प्रिमियर लिग विजेताको छिनोफानो आज

एजेन्सी – इंग्लिश प्रिमियर लिग २०२३/२४ सिजनको विजेताको टुंगो आज लाग्दैछ । पछिल्लो तीन सिजनको विजेता म्यानचेस्टर सिटी र आर्सनल मध्य एक टोलीले आज लिग उपाधि उचाल्ने छ । लिग लिडर सिटीले आज ८:४५ बजे वेस्ट ह्यामसँग अन्तिम खेल खेल्दैछ । सोही समयमा दोस्रो स्थानमा रहेको आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटीले आफु अनुकुल नतिजा निकाल्न […]

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

Success

Thank you for your time.