default_image

2 years ago

January 28, 2022

इरान लगातार तेस्रोपटक विश्वकपमा छनोट

119 views

0 Bookmark

एजेन्सी – इरान आगामी नोभेम्बरमा कतारमा हुने विश्वकप फुटबलका लागि एसियाली राष्ट्रबाट छनोट हुने पहिलो टोली बनेको छ । इरानले इराकलाई १–० ले पराजित गर्दै यसै वर्ष कतारमा हुने विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

इरान विश्वकपमा छनोट भएको यो लगातार तेस्रोपटक हो । यसअघि इरान ब्राजिल विश्वकप २०१४ र रसिया विश्वकप २०१८ को विश्वकपमा छनोट भएको थियो । समग्रमा भने इरान विश्वकपमा छनोट भएको यो छैटौंपटक हो ।

इरानको जितमा मेहदी तारेमीको पहिलो हाफमै गरेको गोल निर्णायक बन्यो । ड्राग स्कोकिचको टिमका लागि उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए । यसअघि प्रशिक्षकसँगको विवादका कारण उनलाई टिमबाट हटाइएको थियो ।

तर स्कोकिचले इराकविरुद्धको खेलका लागि उनलाई टिममा फिर्ता बोलाएका थिए । आजदी स्टेडियममा प्राप्त यस जितपछि इरान एसियाली छनोटको समूह ‘ए’ को शीर्ष स्थानमा रह्यो । इरानको ७ खेलबाट १९ अंक छ । जसमा ६ जित र १ बराबरीको नतिजा छ ।

यस्तै एसियाली छनोटबाट दक्षिण कोरियाले लेवनानलाई १–० ले पराजित गर्दै विश्वकप छनोटको नजिक पुगेको छ । दक्षिण कोरियाको ७ खेलबाटै १७ अंक छ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.