default_image

2 years ago

January 29, 2022

कीर्तिमानको खोजीमा मनाङ र एपिएफ

59 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – मोफसलको प्रतिष्ठित आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करणमा शनिबार फाइनलमा प्रतिस्पर्धा हुँदा नयाँ इतिहास कायम हुनेछ । मनाङ मर्स्याङ्दी क्लब र विभागीय नेपाल एपिएफ फुटबल क्लब जसले जिते पनि आहा रारामा नयाँ इतिहास कायम हुनेछ ।

सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ सर्वाधिक ६ पटकको च्याम्पियन हो । विभागीय नेपाल पुलिस क्लबले पनि ६ पटक उपाधि जितेका छन् । त्यसैले मनाङ २०औं संस्करणको उपाधि उचालेर उपाधिमा नयाँ कीर्तिमान कायम गर्न चाहन्छ । यस्तै, एपिएफ १४ वर्षपछि फाइनल प्रवेश गर्दा पहिलोपटक च्याम्पियन बन्ने दाउमा हुनेछ ।

१२ पटक फाइनल यात्रा तय गरिसकेको मनाङका प्रशिक्षक फुजा तोपेले आफ्नो टिमले खेल जित्ने विश्वास राखेका छन् । कप्तान बिमल रानाले होम ग्राउण्ड पोखरा रंगशालामा फेरि उपाधि जित्ने दाबी गरे ।

एपीएफ प्रशिक्षक कुमार थापाले विपक्षी राम्रो टिम भएकाले सोही अनुरुप रणनीति बनाएर मैदान उत्रिने बताए । आफ्ना खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको भन्दै उनले उपाधि आफेनो टिमले जित्ने दाबी गरे ।

थापाले भने, ‘जसरी पोखरामा सहाराले महामारीकाबीच प्रतियोगिता आयोजना गर्यो, त्यहि अनुरुप नै हामीले पनि तयारी गरिरहेका छौं । सहाराको दुखलाई हामीले हेरेर न्यायसंगत तरिकाले नै प्रस्तुत हुनेछौं ।’ एपिएफ यसअघि छैटौं संस्करणमा मात्र फाइनल पुगेर उपविजेतामै सीमित भएको थियो ।

उद्घाटनमा आयोजक सहारा क्लबलाई, क्वाटरमा पाहुना टोली अमेरिकी वाइएससी मिनिसोटा र सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराउँदै एपिएफ फाइनल पुग्दा मनाङ क्वाटरफाइनबाट मैदान उत्रिएको हो । उसले नेपाल पुलिस क्लबलाई हराउँदै सेमिफाइनल पुगेमो विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।

विजेताले १० लाख र उपविजेता टिमले ५ लाख प्राप्त गर्ने छन् । यस्तै, विधागत रुपमा पनि पुरस्कार व्यवस्था गरिएको छ । गत ६ माघ देखि सुरु प्रतियोगितामा १० टिमले भाग लिएका थिए ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.