default_image

2 years ago

February 1, 2022

जापानको जितमा साउदी अरेबियाको पहिलो हार

55 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को एसियन छनोटको तेस्रो राउन्डको खेलमा जापानले शीर्षस्थानमा रहेको साउदी अरेबियालाई पराजित गरेको छ । जापानले घरेलु मैदानमा साउदी अरेबियामाथि २–० को जित निकालेको हो ।

साइतामा स्टेडियम जापामा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा ताकुमी मिनामिनो र जुन्या इटोले गोल गरे । जापानले पहिलो र दोस्रो हाफमा समाम एक गोल गर्न सफल भएको थियो ।

खेलको ३२औं मिनेटमा ताकुमी मिनामिनोको गोलबाट जापानले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । दोस्रो हाफको शुरुमै जापानले अर्काे गोल थप्दै अग्रता दोब्बर बनायो । ५०औं मिनेटमा जुन्या इटोले गोल गर्न सफल भएका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा जापान विजयी हुन सफल भयो । घरेलु टोलीलाई बल पोसेसन राख्दै दवाव बढाएपनि फिनिसिङमा चुक्दा छनोटमा पहिलो हार बेहोर्न पुग्यो । यसअघि साउदी ६ जित र १ बराबरीको नतिजा निकालेको थियो ।

यो जितपछि जापान समूह ‘बी’ मा ८ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित साउदी अरेविया समान ८ खेलबाटै १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

जापानसँगको हारसँगै साउदीलाई विश्वकपमा छनोट हुन अर्काे खेल नै कुर्नुपर्ने भएको छ । साउदीमाथिको जितसँगै जापानले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ ।

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

May 12, 2024

रियल म्याड्रिडको फराकिलो जित

एजेन्सी – लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको हो । बायर्न म्युनिखलाई पराजित गरेको सुरुवाती ११ बाट १० परिवर्तन गरेको रियललाई फ्रान गार्सियाले ३८औं मिनेटमा आग्रह दिलाए । सो अग्रता आर्डा […]

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.