default_image

2 years ago

February 2, 2022

भेनेजुएलामाथि उरुग्वेको सानदार जित

65 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा उरुग्वेले सानदार जित दर्ता गर्दे विश्वकपा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

उरुग्वेले घरेलु मैदानमा भेनेजुएलालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको हो । घरेलु मैदानमा उरुग्वेको सानदार जितमा रोड्रिगो बेन्टानकर, जिओरजियन एरासकाइटा, इडिन्सन काभानी र लुइस सुआरेजले गोल गरे ।भेनेजुएलाका जोसेफ मार्टिनेजले एक गोल फर्काए ।

मोन्टेभिडियो उरुग्वेमा बुधबार बिहान भएको खेलको पहिलो मिनेटमा नै रोड्रिगो बेन्टानकरको गोलबाट उरुग्वेको अग्रता लिएको थियो । २३औं मिनेटमा जिओरजियन एरासकाइटाले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इडिन्सन काभानीले जिओरजियन एरासकाइटाको पासमा गोल गर्दै उरुग्वेलाई पहिलो हाफमा ३–० ले अघि बढाए ।

५३औं मिनेटमा लुइस सुआरेजले पेनाल्टीमा गोल गर्दै उरुग्वेलाई ४–० ले अघि बढाए । नाहुइल फेरारेसीले पेनाल्टी बक्समा फकुन्डो पेलिस्ट्रिलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै उरुग्वेलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा सुआरेज चुकेनन् ।

६५औं मिनेटमा भेनेजुएलाका जोसेफ मार्टिनेजले एक गोल फर्काउँदै टोलीको आशा जीवितै राखेपनि त्यसपछि थप गोल निस्कन नसक्दा उरुग्वे विजयी हुन सफल भयो ।

यो जितसँगै उरुग्वे १६ खेलबाट २२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित भेनेजुएला १० अंक जोडेर १०औं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा चिलीले बोलिभियामाथि ३–२ को रोमाञ्चक जित निकाल्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । चिलीको जितमा एलेक्सिस साञ्चेजले दुई तथा मार्सेलिनो नुनेजले एक गोल गरे । बोलिभियाका मार्क इनोउम्वा र मार्सेलो मोरेनाले गोल गरेपनि हार टार्न सकेन ।

जितपछि चिली १६ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा उक्लिएको छ । पराजित बोलिभिया १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

May 12, 2024

मियामीको पुनरागमन जित

एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो। मियामीका‌ लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र […]

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

Success

Thank you for your time.