default_image

2 years ago

February 2, 2022

ब्राजिलको सानदार जित

178 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ मा स्थान पक्का गरिसकेको ब्राजिलले सानदार जित निकालेको छ । घरेलु मैदानमा पाराग्वेलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा अपराजित रहन सफल भएको हो ।

ब्राजिलको सानदार जितमा राफिन्हा, फिलिपे कौटिन्हो, एन्टोनी र रोड्रिगोले समान एक गोल गरे । बेलो होरिजेन्टे मिनास ब्राजिलमा बुधबार बिहान भएको खेलको तेस्रो मिनेटमा नै राफिन्हाले गोल गरेपनि अफसाइड ठहरिदा गोलले मान्यता पाएन ।

१७औं मिनेटमा भिनिसियस जुनियरको पासमा म्याथिअस कुन्हाको प्रहार क्रसबारमा लाग्दै बाहिरिदा ब्राजिल अग्रता लिनबाट चुक्यो । २८औं मिनेटमा राफिन्हाको गोलबाट ब्राजिलले सुरुवाती अग्रता लिन सफल भयो । उनले डिफेन्डर मार्किन्हसको लामो पासलाई नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा फिलिपे कौटिन्होको कर्ल फ्रिकिकमा थियागो सिल्भा चुके । ४८औं मिनेटमा भिनिसियस जुनियरको १८ यार्ड टाढाको क्रस पासमा राफिन्हाको भली प्रहारले गोलरक्षकलाई बिट गरेपनि पास्ट नजिकैबाट थोरै बाहिरियो ।

६२औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । मार्किन्हसको पासमा कौटिन्होले सुन्दर गोल गर्न सफल भए । ८६औं मिनेटमा सब्सिच्युट फरवार्ड एन्टोनीले गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाए ।

६१औं मिनेटमा भिनिसियस जुनियरको स्थानमा मैदान छिरेका एभर्टन रिवेइरोको पासमा गोल गर्न सफल भएका थिए । त्यसको दुई मिनेटमा पछि अर्काे सब्सिच्युट रोड्रिगोले गोल गर्दै ब्राजिलको फराकिलो जित पक्का गरे । ८२औं मिनेटमा राफिन्हाको स्थानमा मैदान छिरेका रोड्रिगोले ८८औं मिनेटमा ब्रुनो गुइमारेसको पासमा गाृल गर्न सफल भएका थिए ।

जितसँगै अपराजित रहेको ब्राजिल १५ खेलबाट ३९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । ब्राजिलले १२ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित पाराग्वे १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.