default_image

2 years ago

February 2, 2022

दुई गोलको अग्रता जोगाउन नसक्दा अष्ट्रेलिया रोकियो

125 views

0 Bookmark

एजेन्सी – दुईपटक अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा अष्ट्रेलिया विश्वकप छनोटमा ओमानसँग बराबरीमा रोकिएको छ । अष्ट्रेलिया ओमानसँग २–२ गोलको बराबरी रोकिएको हो ।

अष्ट्रेलियाका जेमी म्याकलरेन र एरोन मुईले गोल गर्दा अब्दुल्लाह फावाजले दुवै गोल गर्दै ओमानको हार टारे । जेमी म्याकलरेनको पेनाल्टी गोलबाट अष्ट्रेलियाले १५औं मिनेटमा अग्रता लिएको थियो । ५४औं मिनेटमा ओमानका अब्दुल्लाह फावाजले बराबरी गोल फर्काए ।

७९औं मिनेटमा एरोन मुईले गोल गर्दै अष्ट्रेलियालाई पुनः २–१ को अग्रता दिलाए । निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहँदा अब्दुल्लाह फावाजले पेनाल्टीमा गोल गर्दै अष्ट्रेलियालाई जितबाट वञ्चित गराए ।

यो बराबरीले अष्ट्रेलियालाई विश्वकपमा सोझै छनोट हुने सम्भावनामा धक्का लागेको छ । टोली समूह ‘बी’ मा ८ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । छनोटको दुई खेल बाँकी रहँदा टोली शीर्षस्थानको साउदी अरेबियासँग ४ तथा दोस्रो स्थानको जापानसँग ३ अंकले पछि छ ।

अब अष्ट्रेलियाले छनोटको अन्तिम दुई खेलमा जापान र साउदी अरेबियासँग नै खेल्न बाँकी छ । अष्ट्रेलियालाई बराबरीका रोेकेको ओमान ८ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.