default_image

2 years ago

February 2, 2022

औवामियाङ बार्सिलोनामा अनुबन्धित

63 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले गावोन तथा इंग्लिस क्लब आर्सनलका फरवार्ड पिएरे एमरिक औवामियाङलाई अनुबन्ध गरेको छ ।

बार्सिलोनाले गावोनका ३२ वर्षीय आर्सनलका पुर्व कप्तान तथा फरवार्डलाई फ्रि ट्रान्सफरमार्फत सन् २०२५ सम्मको लागि अनुबन्ध गर्न सफल भएको हो । त्यहाँ २०२३ मा अलग हुने विकल्प राखिदा १ सय मिलियन युरो रिलिज क्लज राखिएको छ । डिसेम्बरमा अनुशासनको कारबाहीमा परेपछि औवामियाङले आर्सनलका लागि खेलेका थिएनन् ।

बार्सिलोनाले औवामियाङको आगमन पुष्टि गर्नुभन्दा केही मिनेट अघि क्लबले उनलाई ला लिगामा दर्ता गर्न सक्षम भयो । औबामियाङले ३१ जनवरीमा बार्सिलोनामा अवतरण गरेका थिए ।

पछि आर्सनलले आधिकारिक रुपमा स्थानान्तरणको लागि फुकुवा गरिदिएको थियो । त्यसपछि उनको मेडिकललगायत अन्य पक्रिया सुरु भएको थियो । बार्सिलोनाले आधिकारिक रुपमा उनलाई अनुबन्ध गरेको घोषणा गरेका थिएनन् । उनी मंगलबार देखि नै क्लबको प्रशिक्षणमा सामेल भइसकेका थिए ।

बार्सिलोनाले जनवरीमा भित्र्याएको औवामियाङ तेस्रो फरवार्ड हो । यसअघि बार्सिलोनाले फेरान टोरेस र एडमा ट्राओरेलाई अनुबन्ध गर्न सफल भएको थियो । अब पहिलो रोजाईमा पर्न अन्सु फाती, मार्टिन ब्रेथवेट, मेम्फिस डिपाए, लुक डि जोङ, एब्डे इज्जालजोउली र फेरान जुट्ग्लाबीच प्रतिस्पर्धा हुनेछ । डेम्वेले अर्काे फरवार्ड हो जुन बार्सिलोनाको हातमा छ । उनी बार्सिलोनामै बस्ने या बाहिरिने दुवैको हातमा छ ।

औवामियाङले २००८ देखि २०१३ सम्म फ्रान्सको विभिन्न क्लबमा खेलेका थिए । त्यसपछि २०१३ देखि २०१८ सम्म जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्दै सबैको ध्यान खिच्न सफल भएका थिए । त्यसपछि उनी लन्डन क्लब आर्सनल पुगेका थिए । औवामियाङले आर्सनलमा २०१८ देखि २०२२ सम्म १ सय ६३ खेलमा ९२ गोल गरेका छन् । यो सिजन औवामियाङले १५ खेलमा ७ गोल गरेका थिए ।

फ्रान्सको यु–२१ टोलीबाट खेलिसकेका औवामियाङले त्यसपछि गावोन रोजेका थिए । २००९ देखि गावोनको सिनियर टोलीमा रहेका उनले ७२ खेलमा ३० अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.