default_image

2 years ago

February 3, 2022

माने चम्कदा सेनेगल फाइनलमा

126 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने चम्कदा सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल उपाधि नजिक पुगेको हो ।

क्यामरुनमा बुधबार राति भएको खेलमा सेनेगलको जितमा एब्डोउ डिएलो, इड्रिसा गाना गुआइ र साडियो मानले गोल गरे । मानेले एक असिस्ट समेत दिए । बुर्किना फासोका इब्राहिमा ब्लाटी टाउरेले एक गोल फर्काए ।

सबै चार गोल दोस्रो हाफको अन्त्यतिर १७ मिनेटको अन्तरमा भएको थियो । दुवै टोलीले पहिलो हाफमा गोलका केही सुवर्ण अवसर खेर फालेको थियो ।

७०औं मिनेटमा एब्डोउ डिएलोले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए । उनले कालिडोउ काउलीबेलीको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा इड्रिसा गाना गुआइले गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारे । उनले साडियो मानेको पासमा गोल गर्न सफल भएका थिए ।

८२औं मिनेटमा इब्राहिमा ब्लाटी टाउरेले गोल गर्दै बुर्किना फासोलाई खेलमा फर्कने संकेत दिएपनि दोस्रो गोलमा असिस्ट दिएका मानेले ८७औं मिनेटमा इस्माइला सारको पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

सेनेगल तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २००२ र २०१९ मा फाइनलमा प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन । सेनेगलसँगको हारसँगै बुर्किना फासो दोस्रोपटक फाइनल पुग्नबाट वञ्चित बन्यो । बुर्किना फासो यसअघि २०१३ मा फाइनलमा प्रवेश गरेको थियो । उपाधि भने जित्न सकेको छैन ।

अब सेनेगलले उपाधिका लागि आयोजक क्यामरुन र इजिप्टबीचको विजेतासँग ६ फेब्रुअरीमा खेल्नेछ । सोही दिन तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । क्यामरुन र इजिप्टले फाइनल प्रवेशका लागि आज राति प्रतिस्पर्धा गर्दैछ ।

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

May 12, 2024

रियल म्याड्रिडको फराकिलो जित

एजेन्सी – लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको हो । बायर्न म्युनिखलाई पराजित गरेको सुरुवाती ११ बाट १० परिवर्तन गरेको रियललाई फ्रान गार्सियाले ३८औं मिनेटमा आग्रह दिलाए । सो अग्रता आर्डा […]

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.