default_image

2 years ago

February 3, 2022

क्याडिजलाई हराउँदै भ्यालेन्सिया सेमिफाइनलमा

61 views

0 Bookmark

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी क्याडिजको चुनौती पन्छाउँदै भ्यालेन्सिया कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । भ्यालेन्सियाले क्याडिजलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

भ्यालेन्सियाको जितमा गोन्कालो गुइडेस र ह्युगो डुरोले गोल गरे । क्याडिजका लुकास पेरेजले एक गोल फर्काए । भ्यालेन्सिया स्पेनका बुधबार राति भएको खेलको २४औं मिनेटमा गोन्कालो गुइडेसको गोलबाट घरेल टोलीले सुरुवाती अग्रता लिएको थियो । उनले ह्युगो डुरोको पासलाई सदुपयोग गरेका थिए ।

५४औं मिनेटमा क्याडिजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । इरे कोइमर्टले पेनाल्टी बक्समा जुआन कालालाई अनावश्यक फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा क्याडिजलाई पेनाल्टी प्रदन गरेको थियो । जसमा लुकास पेरेजले कुनै गल्ती गरेनन् ।

७९औं मिनेटमा ह्युगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई २–१ को अग्रता दिलाए । कर्नरबाट आएको बललाई उनले हेडमार्फत जाली चुमाएका थिए । ८४औं मिनेटमा क्याडिज १० खेलाडीमा समेटिन पुग्यो । जुआन काला सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिदा क्याडिजको खेलमा फर्कने सम्भावना टाढिएको थियो । तर त्यसपछि दुवै टोलीबाट गोल निस्कन सकेन ।

यस्तै अर्काे खेलमा रायो भालेकानोले रियल मलोर्कालाई १–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । रायो भालेकानोको जितमा ओस्कार ट्रेजोले पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत गरेको गोल नै निर्णाय बन्यो ।

कोपा डेल रेमा आज राति अन्तिम दुई क्वाटरफाइनलका खेल हुनेछ । रियल सोसिडाड र रियल बेटिसले राति १२ः४५ बजे प्रतिस्पर्धा गर्दा एथलेटिको बिल्वाओ र रियल म्याड्रिडबीचको खेल शुक्रबार बिहान २ः१५ बजे हुनेछ ।

May 12, 2024

अल हिलाललाई साउदी लिग उपाधि

एजेन्सी – अल हिलालले साउदी प्रो लिग सिजन २०२३/२४ को उपाधि जित्ने पक्का भएको छ । अल हाजेम विरुद्ध शनिबार भएको खेलमा ४-१ को जित संगै अल हिलालको लिग उपाधि पक्का भएको हो । अल हिलालको जितमा अलेकसान्दर मिट्रोभिचले दुई गोल गरे । यस्तै सर्गेज मिलिन्कोभिच-स्याभिचले एक गोल गरे भने एक गोल अहमद अल जुवाइदको […]

May 12, 2024

मियामीको पुनरागमन जित

एजेन्सी – लियोनल मेस्सीको कप्तानीमा रहेको इन्टर मियामीले मेजर लिग सकरमा आइतबार पुनरागमन जित निकालेको छ । २-० ले पछि परेको खेलमा मियामीले मोन्ट्रियललाई ३-२ ले हराएको हो। मियामीका‌ लागि माटियास रोजास, लुइस सुआरेज र बेन्जामिन क्रेमास्चीले समान १ गोल गरे । मोन्ट्रियलका ब्राइस ड्युक र जुल्स एन्थोनी भिल्सेन्टले गोल गरे। ड्युकले २२ औं र […]

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

Success

Thank you for your time.