default_image

2 years ago

February 4, 2022

च्यासल र पुलिसको खेल फेरि सर्यो

99 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणमा कोरोना संक्रमणका कारण स्थगित भएको नेपाल पुलिस क्लब र च्यासल युवा क्लबबीच शनिबार हुने भनिएको खेल पुन: स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोनाका कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल माघ २२ गते शनिबार हुने जानकारी गराएको थियो । तर मैदानको अवस्था देखाउँदै एन्फाले खेल माघ २६ गते बुधबारलाई स्थगित गरेको छ । अब च्यासल र पुलिसबीचको खेल बुधबार दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

यसअघि यो खेल माघ २ गतेका लागि तय भएको थियो । तर, च्यासलका १९ जना खेलाडीमा एकैपटक कोरोना संक्रमण पुष्टि भएपछि अन्तिम समयमा एन्फाले खेल स्थगित गर्ने निर्णय गरेको थियो । पुलिस र च्यासल दुवै टोलीले यो सिजनमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

पुलिस ८ खेलबाट ७ अंक जोडेर ११औं स्थानमा रहेको छ । पुलिसले १ खेलमा जित हात पार्दा ४ बराबरी र ३ हारको नतिजा निकालेको छ । खेलाडी अनुबन्धमा आक्रामक देखिएको च्यासलले लगातार खराव प्रदर्शन गर्दा ८ खेलबाट ५ अंक जोडेर रेलिगेसन खतरासहित १३औं स्थानमा रहेको छ । च्यासलले १ जित, २ बराबरी र ५ हारको नतिजा निकालेको छ ।

गत वर्षको लिग च्याम्पियन मछिन्द्र अपराजित रहँदै ९ खेलबाट २३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहँदा आर्मी १७ अंकसहित तेस्रो तथा थ्री स्टार १६ अंक जोडेर शीर्ष चारमा रहेको छ । संकटा, एनआरटी। सातदोबाटो, हिमालयन शेर्पा, एपिएफ र जावलाखेल क्रमश पाँचौदेखि १०औं स्थानमा रहेका छन् ।

बीबीसी १२औं तथा जितविहीन फ्रेन्ड्स ३ अंक जोडेर पुछारमा रहेको छ । एन्फाले बाँकी चार राउन्डको २८ खेलको तालिका भने सार्वजनिक गरेको छैन । १०औं राउन्डको खेलहरु माघको अन्तिमबाट सुरु हुने एन्फाले जनाएको छ ।

लिगको अंक तालिका, खेल तालिका तथा हरेक खेलाडीको सम्पूर्ण जानकारी यहाँ लिनुहोस्

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.