default_image

2 years ago

February 6, 2022

आत्मघाती गोलले बायर्नको जित

154 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले रोमाञ्चक जित निकालेको छ । बायर्नले घरेलु मैदानमा आरबी लाइप्जिगलाई ३–२ ले हराएको हो ।

बायर्नको जितमा थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले गोल गर्दा एक गोल उपहार पाएको थियो । लाइप्जिगका आन्द्र सिल्भा र क्रिस्टोफोर एनकुन्कुले गोल गरेपनि आत्मघाती गोल गर्न पुग्दा पराजित हुन पुग्यो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलको १२औं मिनेटमा थोमस मुलरको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएको थियो । रोबर्ट लेवान्डोस्कीको प्रहारलाई गोलरक्षक गुलाक्सीले बचाएपनि रिवाउन्डका मुलरले सहजै फिनिस गरेका थिए ।

२७औं मिनेटमा आन्द्र सिल्भाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले कोनराड लेइमेरको पासमा कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गरेका थिए । ३६औं मिनेटमा मुलरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन ।

४४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । किङ्सले कोमानको क्रसमा लेवान्डोस्कीले हेडमार्फत सुन्दर गोल गरेका थिए । ५३औं मिनेटमा क्रिस्टोफोर एनकुन्कुले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । लेइमेरको पासमा एनकुन्कुले अफसाइड बिट ट्याप गर्दै वान भर्सेस वानको अवस्थामा कुनै गल्ती गरेनन् ।

५८औं मिनेटमा जोस्को भार्डीओलले आत्मघाती गोल गरेपछि बायर्न खेलमा ३–२ ले अघि बढ्यो । सर्ज जिनाब्रीको क्रसलाई बचाउने क्रममा बलले आफ्नै पोस्टको दिशा लिदा गोलरक्षक गुलाक्सी पनि झुक्किन पुगे । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

यो जितसँगै बायर्नले यो सिजनको पनि उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । शीर्षस्थानमा रहेको बायर्नको २१ खेलबाट ५२ अंक छ । बायर्नले एक खेल कम खेलेको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डलाई ९ अंकले पछि पारेको छ । पराजित लाइप्जिग ३१ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.