default_image

2 years ago

February 8, 2022

भेट्रान बुफोनको ‘क्लिन सिट’ मा कीर्तिमान

66 views

0 Bookmark

एजेन्सी – भेट्रान इटालियन गोलरक्षक जियानलुइजी बुफोनले ‘क्लिन सिट’ मा नयाँ कीर्तिमान बनाएका छन् । उनी व्यावसायिक खेल करिअरमा ५ सय खेलमा क्लिन सिट राख्ने पहिलो गोलरक्षक बनेका हुन् ।

४४ वर्षीय बुफोनले इटालियन सिरी ‘बी’ मा पार्माबाट खेल्दा बेनेभेन्टोसँग गोलरहित बराबरी खेलेको खेलमा आफ्नो ५ सयौं क्लिन सिटको कीर्तिमान बनाएका हुन् । बेनेभेन्टोसँग गोलरहित बराबरी खेल्दै उनी सो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो गोलरक्षक बनेका हुन् ।

बुफोनले इटालियन क्लब युभेन्ट्सबाट ३२२, पार्माबाट ९२, फ्रान्सेली क्लब पिएसजी बाट ९ र इटालीको राष्ट्रिय टोलीबाट ७७ खेलमा क्लिन सिट राखेका छन् । बुफोनले इटालियन लिगमा ६ सय ५३ खेल खेल्दै सर्वाधिक खेल खेल्ने कीर्तिमान पनि राखेका छन् । यसअघि पाओलो माल्डिनीको नाममा उक्त कीर्तिमान थियो ।

बुफोनले आफ्नो करिअरमा २७ उपाधि जितेका छन् । उनले ९ पटक इटालियन लिग, ५ पटक कोपा इटालिया, ६ सुपर कप, १ यूईएफए कप र सन् २००६ को फिफा विश्वकप जितेका थिए । बुफोन च्याम्पियन्स लिगमा भने अभागी सावित हुँदै आएका छन् । युभेन्टसबाट तीन पटक फाइनल खेलेपनि उनले उपाधि जित्न भने सकेनन् ।

buffon angry

४४ वर्षको उमेरमा पनि बुफोन लगातार खेलिरहेका छन् । दोस्रो श्रेणीको पार्मासँग २ वर्षको सम्झौता गरेका बुफोनले यस सिजन सबै २१ खेलमा सुरुवात गरेका छन् । सन् १९९५ बाट व्यावसायिक करिअर सुरु गरेका बुफोनले करिअरको अधिकांश समय युभेन्टसमै बिताएका थिए ।

राष्ट्रिय टोलीका लागि १ सय ७६ खेल खेलेका बुफोन अझैपनि संन्यास लिने सुरमा छैनन् । उनले सन् २०२२ को विश्वकपका लागि आफ्नो सम्भावना नरहेको पनि स्वीकारेका छन् । इटालीले विश्वकपमा स्थान बनाउन प्लेअफमार्फत छनोट हुनुपर्नेछ । इटालीले अब प्लेअफमा नर्थ म्यासेडोनियालाई हराएर पोर्चुगल वा टर्कीको चुनौती पन्छाएमात्र विश्वकपमा खेल्नेछ ।

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

May 12, 2024

रियल म्याड्रिडको फराकिलो जित

एजेन्सी – लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको हो । बायर्न म्युनिखलाई पराजित गरेको सुरुवाती ११ बाट १० परिवर्तन गरेको रियललाई फ्रान गार्सियाले ३८औं मिनेटमा आग्रह दिलाए । सो अग्रता आर्डा […]

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.