default_image

2 years ago

February 7, 2022

लज्जास्पद हार बेहोर्दै लेस्टर बाहिरियो

125 views

0 Bookmark

एजेन्सी – च्याम्पियनसिप टोली नटिङघम फरेस्टसँग लज्जास्पद हार बेहोर्दैसाविक विजेता तथा प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । घरेलु टोली नटिङघम फरेस्टसँग ४–१ को लज्जास्पद हार बेहोर्दै लेस्टर अन्तिम ३२ बाटै बाहिरिएको हो ।

लेस्टरलाई हार चखाउन फिलिप जिन्केरनागेल, ब्रेनान जोन्सन, जोई वोरोल र डिजेड स्पेन्सले गोल गरे । लेस्टरका केलिची इहानाँचोले एक गोल फर्काए । नटिङघम फरेस्टले पहिलो हाफमा ३–१ को आरामदायी अग्रता लिदा दोस्रो हाफमा एक गोल थप्दै जित पक्का गरेको थियो ।

दि सिटी ग्राउन्ड नटिङघममा आइतबार राति भएको खेलको २३औं मिनेटमा फिलिप जिन्केरनागेलको गोलबाट नटिङघमले अग्रता बनाएको थियो । त्यसको एक मिनेटपछि ब्रेनान जोन्सनले गोल गर्दै नटिङघमको अग्रता दोब्बर पारे ।

३२औं मिनेटमा जोई वोरोलले गोल रगेपछि नटिङघम खेलमा ३–० को बलियो स्थितिमा पुग्यो । ४०औं मिनेटमा केलिची इहानाँचोले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ को अवस्थामा ल्याउँदै लेस्टरलाई खेलमा फर्कने संकेत दिएपनि दोस्रो हाफमा थप एक बेहोरेपछि लेस्टर पराजित हुदै बाहिरियो ।

६१औं मिनेटमा डिजेड स्पेन्सले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । लेस्टरले बल पोसेसन राखेपनि गोल गर्न नसक्दा लज्जास्पद हार बेहोर्दै बाहिरिन पुग्यो ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.