default_image

2 years ago

February 8, 2022

बेलायत र आयरल्यान्डले २०३० को बिश्वकप आयोजनामा दावी नगर्ने

84 views

0 Bookmark

एजेन्सी – बेलायत र रिपब्लिक अफ आयरल्याण्ड सन् २०३० को विश्वकप आयोजनाको दौडबाट पछि हटेको छ । अब यि दुई राष्ट्रले विश्वकपको सट्टा संयुक्त रुपमा सन् २०२८ को युरो कप आयोजनामा दावी गर्ने मनासय बनाएका छन् ।

यसअघि पाँच देश मिलेर सन् २०३० को विश्वकपका लागि दावी गर्ने जनाएका थिए । तर अहिले इंग्ल्याण्ड, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड, वेल्स र रिपब्लिक अफ आयरल्यान्डले संयुक्त विज्ञप्ती जारी गर्दै विश्वकपको सट्टा युरोकप आयोजनाको लागि दावेदारी पेश गर्ने जनाएका छन ।

उनीहरुले सबै कुराको अध्ययन गर्दै आर्थिक रुपमा विश्वकप आयोजना गर्न धेरै खर्च हुने र युरोकपमा त्यो भन्दा कम खर्च हुने भएकाले युरोकपमै ध्यान दिने जनाएका छन ।

उनीहरुले विश्वकपको सट्टा अब सन् २०२८ को युरोकप आयोजनाका लागि पुरै ध्यान दिने जनाएका छन । विश्वको तेस्रो ठूलो फुटबल प्रतियोगिता मानिने युरोकप गर्दा उति नै आम्दानी हुने बरु खर्च कम हुने भन्दै उनीहरुले यस्तै निर्णय गरेको जनाएका छन ।

अघिल्लो बर्ष युरोपियन फुटबल महासंघले २०२८ को युरोकप आयोजनाका लागि कुनैपनि देशले मार्च २३ भित्र नाम दर्ता गराउनुपर्ने जनाएको थियो । युरोकप आयोजनाका लागि बिडिङ गर्ने देशको नाम अप्रिल ५ मा गरिनेछ ।

बेलायत सरकारले विश्वकप आयोजनाको अध्ययन गर्दै २.८ मिलियन पाउन्डको प्रतिबद्धता गरेपछि यो निर्णय बाहिर आएको हो । डिजिटल, कल्चर, मिडिया एन्ड स्पोर्ट्स (डिसिएमएस) समितिका अध्यक्ष जुलियन नाइटले विश्वकपको सम्भापवत बोलीलाई धेरै महँगो भनेर ब्याख्या गरेका छन् । सम्भाव्यता अध्ययनमा आर्थिक प्रभाव, राजनैतिक फुटबल परिदृश्य र ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लाग्ने सम्भावित लागतहरुको विश्लेषण गरिएको थियो ।

अध्ययनपछि आयरल्यान्ड, इंग्ल्यान्ड, उत्तरी आयरल्यान्ड, वेल्स र स्कटलन्डका फुटबल संघले युइएफए युरो २०२८ को आयोजना गर्न आधिकारिक बोली लगाउन केन्द्रित हुनेछन् । ‘युरोको आयोजनाले लगानीमा समान प्रतिफल प्रदान गर्दछ । कम लागतमा धेरै कुरा हुने र लाभहरु छिट्टै प्राप्त हुनेछन् ।’ विज्ञप्तिमा उल्लेख छ ।

युरोको संयुक्त आयोजना गर्न पाउनु र सम्पूर्ण युरोपलाई स्वागत गर्न पाउनु सम्मान र अवसर हुनेछ । बेलायत सरकारले यसअघि सन् २०३० को बोली सफल भएमा ग्रासरुट फुटबलमा ५५० मिलियन पाउन्ड लगानी गर्ने बताएको थियो । प्रधानमन्त्री बोरिस जोनसोनले २०१२ को ओलम्पिकसँग मिल्ने विरासतका साथ जीवन परिवर्तन गर्ने आशा राखेका थिए ।

इंग्ल्यान्डले रुसमा आयोजना भएको २०१८ को विश्वकप आयोजना गर्न पुर्व कप्तान डेभिड बेकह्याम, प्रिन्स विलियम र पुर्व प्रधानमन्त्री डेभिड क्यामरुनको प्रस्तावमा असफल भयो । बेलायत सरकारले पाँचवटा फुटबल संघको निर्णयलाई समर्थन गरेको र यो समयमा बेलायत र आयरल्यान्डमा विश्वकप गराउनको लासग भावुक रहेको बताएको छ ।

इंग्लिस एफएका प्रमुख कार्यकारी मार्क बुलिङ्घमले दुवै आयोजनाको दावीलाई उत्कृष्ट अवसरको रुपमा पहिचान गरेपनि विजेताको मुल्यांकनपछि युरो २०२८ को विडमा जाने निर्णय भएको बताए । भविष्यमा हुने विश्वकपको बारेमा अनिश्चितता छ । फुटबलको सर्वाेच्च निकाय (फिफा) ले प्रत्येक दुई वर्षमा विश्वकप आयोजना गर्ने योजनामा रहेको छ ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.