default_image

2 years ago

February 8, 2022

माने र सलाह काफको बेस्ट ११ मा

68 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्टार फरवार्डद्धय साडियो माने र मोहम्मद सलाह अफ्रिका कप अफ नेसन्स (काफ) को बेस्ट ११ मा परेका छन् ।

आइतबार राति मोहम्मद सलाहको इजिप्टलाई टाइब्रेकरमा ४–२ ले हराउँदै साडियो मानेको सेनेगल पहिलोपटक अफ्रिका महादेशको च्याम्पियन बनेको थियो ।

च्याम्पियन सेनेगलबाट मानेसँगै गोलरक्षक इडुआर्ड मेन्डी, लेफ्टब्याक सालिउ सिस र मिडफिल्डर नामपालिस मेन्डी वेस्ट ११ मा पर्दा कप्तान कालिडो कौलिवाली र फामारा डिडिहियो वैकल्पिक खेलाडीमा समावेश छन् ।

मोरोक्कोका अचरफ हाकिमी र इजिप्टका सलाह क्रमश राइट डिफेन्सिभ र आक्रमणमा रहेका छन् । बाँकी टोलीमा इजिप्टका मोहम्मद अब्देलमोनेम, बुर्किना फासोका एडमन्ड टपसोवा, इजिप्टका मोहम्मद इलाने, बुर्किना फासोका इब्राहिम ब्लाटी टाउरे र क्यामरुनका भिन्सेन्ट अबुबाकर रहेका छन् ।

वैकल्पिक खेलाडीमा क्यामरुनका गोलरक्षक आन्द्रे ओनाना, क्यामरुनकै कोलिन्स फाई, इजिप्टका मामुद हाम्दी, इजिप्टकै अहमेद एवो, क्यामरुनका आन्द्रे इनगुइसा, कोमोरसका युसुफ एम’चाङ्मा, बुर्किना फासोका बर्टान्ड ट्राओरे, मोरोक्कोका सोफिएन बोउफल र क्यामरुनका टोको इकम्वी रहेका छन् ।

बेस्ट ११
इडुआर्ड मेन्डी (गोलरक्षक), अचरफ हाकिमी (राइटब्याक), मोहम्मद अब्देलमोनेम (सेन्टरब्याक), इडमन्ड टपसोवा (सेन्टरब्याक), सालिउ सिस (लेफ्टब्याक), मोहम्मद इलाने (सेन्ट्रल मिडफिल्डर), नामपालिस मेन्डी (सेन्ट्रल मिडफिल्डर), ब्लाटी टाउरे (सेन्ट्रल मिडफिल्डर), मोहम्मद सलाह (राइट विंगर), भिन्सेन्ट अबुबाकर (फरवार्ड) र साडियो माने (राइट विंगर)

वैकल्पिक
आन्द्रे ओनाना, कोलिन्स फाई, कालिडो कौलिवाली, मामुद हाम्दी, एहमेद एवो, आन्द्रे इनगुइसा, युसुफ एम’चाङ्मा, बर्टान्ड ट्राओरे, सोफिएन बोउफल, टोको इकम्वी र फामारा डिडिहियो

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.