default_image

2 years ago

February 8, 2022

बायर्नका डिफेन्डर डर्टमुन्डमा अनुबन्धित

95 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले लिग लिडर बायर्न म्युनिखका डिफेन्डर निकोलस सुललाई अनुबन्धित गरेको छ । डर्टमुन्डले प्रतिद्धन्द्धी क्लब बायर्न म्युनिखबाट डिफेन्डर सुललाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्न सफल भएको हो ।

अब २६ वर्षीय सुल सन् २०२२ को समर ट्रान्सफरपछि डर्टमुन्डमा आबद्ध हुनेछ । सुल सन् २०१७ मा जर्मन क्लब होफेनहाइनबाट बायर्न म्युनिख पुगेका थिए । बायर्नमा ५ वर्ष बिताएर उनले डर्टमुन्ड जाने निर्णय गरेका हुन् ।

उनले बायर्नका लागि हालसम्म १५९ खेलमा ६ गोल गरेका छन् । सन् २०१६ देखि जर्मनीको राष्ट्रिय टोलीमा रहेका सुलले ३७ खेलमा १ गोल गरेका छन् ।

उनले बायर्नबाट चार पटक बुन्डेसलिगा, चारपटक डिएफएल सुपरकप, दुईपटक डिएफवी पोकल र समान एक पटक च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् ।

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

Success

Thank you for your time.