default_image

2 years ago

February 9, 2022

जिदान पिएसजी जाने चर्चा

एजेन्सी – माउरोसियो पोचेटिनोले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्न र उनको ठाँउ जिनेदिन जिदानले लिने अपेक्षा गरिएको छ । यदि त्यस्तो भएमा जिदानले क्रिस्टियानो रोनाल्डोलाई पनि पिएसजी आबद्ध गराउने सम्भावना रहेको बताइएको छ । जिदान र रोनाल्डो दुवै रियल म्याड्रिडमा हुँदा उनीहरुबीच राम्रो सम्बन्ध रहेको थियो । उनीहरुले सँगै रियलमा लगातार तीन पटक […]

164 views

0 Bookmark

एजेन्सी – माउरोसियो पोचेटिनोले अर्को सिजन पेरिस सेन्ट जर्मेन (पिएसजी) छाड्न र उनको ठाँउ जिनेदिन जिदानले लिने अपेक्षा गरिएको छ । यदि त्यस्तो भएमा जिदानले क्रिस्टियानो रोनाल्डोलाई पनि पिएसजी आबद्ध गराउने सम्भावना रहेको बताइएको छ ।

जिदान र रोनाल्डो दुवै रियल म्याड्रिडमा हुँदा उनीहरुबीच राम्रो सम्बन्ध रहेको थियो । उनीहरुले सँगै रियलमा लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए । सञ्चारमाध्यमका अनुसार जिदान अर्को सिजन पिएसजी जानेछन् । त्यो अवस्थामा उनको पहिलो अनुरोध रोनाल्डोलाई क्लबमा आबद्ध गराउनुहुनेछ । युभेन्ट्स छाडेर रोनाल्डो सिजनको सुरुवातमा म्यानचेस्टर युनाइटेड पुगेका थिए ।

पिएसजीले पोर्चुगलका अन्तर्राष्ट्रियलाई लिनका लागि प्रयास गरेपनि सफल हुन सकेको थिएन । इंग्ल्यान्डका सञ्चारमाध्यमका अनुसार अहिले रोनाल्डो पनि लियोनल मेस्सी र नेयमारसँगै पिएसजीमा खेल्न इच्छुक छन् ।

पोचेटिनोको युनाइटेड जाने सम्भावना

अर्जेन्टिनी प्रशिक्षक पोचेटिनो भने अर्को सिजन युनाइटेड जाने सम्भावना छ । युनाइटेडले राल्फ रागनिकलाई अन्तरिक प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो । युनाइटेडको खराब प्रदर्शनको सिलसिला नरोकिएकाले रागनिकलाई प्रशिक्षकका रुपमा निरन्तरता दिने सम्भावना कम रहेको छ । सर एलेक्स फर्गुसनको रोजाईमा पनि पोचेटिनो रहेको बताइएको छ ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.