default_image

2 years ago

February 8, 2022

आइपुगिन् सावित्रा

117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कतारमा घुँडाको शल्यक्रियालगायतको उपचार सकेर राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा मंगलबार स्वदेश आइपुगेकी छन् ।

७ महिना भन्दा लामो समयपछि उनी स्वदेश फर्केकी हुन् । उपचारका लागि उनी असार १२ गते कतार गएकी थिइन् । सावित्राको असार ३१ गते कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा दायाँ घुँडाको शल्यक्रिया भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतार फुटबल संघले उनको उपचार गराइदिएको हो । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली, महिला समितिकी संयोजक पेमा लामा, संगिना वैद्यलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

राष्ट्रिय लिग खेल्ने क्रममा गत वर्ष फागुन ३ गते उनको घुँडामा चोट लागेको थियो । झन्डै ८ वर्षे खेल जीवनमा सावित्राले पहिलो पटक गम्भिर खालको चोटबाट गुज्रनु परेको थियो । कतार फुटबल संघले नेपाली खेलाडीहरुलाई समय समयमा उपचारमा सहयोग गर्दै आएको छ । सावित्रा अघि नै राष्ट्रिय पुरुष टोलीका विमल घर्तिमगरले पनि सोही अस्पतालमा उपचार गराएका थिए ।

सावित्राको नाममा राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोलको कीर्तिमान छ । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकै उत्कृष्ट फरवार्डमा परिचित छिन् । नेपाली फुटबलमा एपिएफले वर्चस्व जमाउँदा उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवैपटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

May 12, 2024

चेल्सीको नटिङ्घम फरेस्टविरुद्ध पुनरागमन जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा चेल्सीले  पुनरागमन जित दर्ता गरेको छ । चेल्सीले नटिङ्घम फरेस्ट विरुद्ध ३-२ को जित दर्ता गरेको हो । आठौ मिनेटमा मुखाएलो मुड्रीकको गोल बाट अग्रता लिएको चेल्सी दुई गोलले पछि परेको थियो । १६औं मिनेटमा डिफेन्डर विली बोलीले फरेस्टका लागि खेलमा बराबरी गरेका थिए भने ७४औं […]

May 12, 2024

रियल म्याड्रिडको फराकिलो जित

एजेन्सी – लालिगाको उपाधि जित्ने पक्का भइसकेपछि पहिलो पटक मैदानमा उत्रिएको रियल म्याड्रिडले ग्रानाडा विरुद्ध फराकिलो जित दर्ता गरेको छ । रेलिगेशनमा परेको पक्का भइसकेको ग्रानाडा विरुद्ध रियलले ४-० को जित निकालेको हो । बायर्न म्युनिखलाई पराजित गरेको सुरुवाती ११ बाट १० परिवर्तन गरेको रियललाई फ्रान गार्सियाले ३८औं मिनेटमा आग्रह दिलाए । सो अग्रता आर्डा […]

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

Success

Thank you for your time.