default_image

2 years ago

February 15, 2022

बेकह्यामले रियल र पिएसजी दुवैको समर्थन गर्ने

84 views

0 Bookmark

एजेन्सी – डेभिड बेकह्याम रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो खेलको प्रतिस्पर्धालाई लिएर उत्साहित छन् । उनलाई लाग्छ हरे फुटबलप्रमी त्यो खेललाई लिएर उत्साहित छन् ।

पिएसजीका युवा फरवार्ड अर्को सिजन रियल जाने चर्चाले पनि यि दुई टोलीबीचको खेलमा थप चर्चामा छ । यसपटक च्याम्पियन्स लिग जित्ने सम्भावित यि दुई टोलीको नकआउट चरणमा हुने प्रतिस्पर्धा सिजनकै चर्चित खेल बन्न सक्नेछ ।

‘यि दुई टोलीका खेलाडी र क्लबको इतिहास हर्ने हो भने ति सहरका समर्थकहरुको अन्त्याधिक लगाव देखिन्छ । यो भेट समर्थकका लागि सपना पुरा भए जस्तै हो,’ पिएसजीले जारी गरेको छोटो भिडियोमा बेकह्यामले भनेका छन् ।

बेकह्यामले दुवै क्लबबाट खेले

आफ्ना पूर्व दुई टोलीबीच प्रतिस्पर्धा हुँदा कुनै टोलीलाई मात्र समर्थन गर्न कठीन हुने बताएका छन् । ‘म त्यो खेल हुने रंगशालामा हुने छैन । त्यस कारण खुसी छु । दुई टोलीबीचको प्रतिस्पिर्धा हुर्ने अवसरले उत्साहित छु’, उनले भने,‘ इमान्दार भएर भन्नुपर्दा घरमा टिभी अघि बसेर हेर्न उचित ठानेको छु । जसले गर्दा जसले गोल गरेपनि म त्यसको खुसी मनाउन सक्छु ।’

नतिजा जस्तो आएपनि खेल भने प्रतिस्पर्धा हुने इंग्ल्यान्डका पूर्व कप्तान समेत रहेका बेकह्यामको अनुमान छ । ‘मलाई लाग्छ आक्रामक खेल हुनेछ,’ उनले थपे,‘ दुई उत्कृष्ट टोलीले एकअर्काको सामना गर्दैछन् । अहिलेको समयमा यि दुई टोलीबीचकै उत्साहजनक प्रदर्शन गरिरहेका टोली हुन् । तुलाना गर्दा पनि दुवै आ आफ्नो लिगको शीर्षस्थानमा छन् । उनीहरुसँग त्यत्तिकै स्तरीय प्रशिक्षक र खेलाडी छन् ।’

बेकह्यामले पिएसजीका लिओनल मेस्सी र सर्जियो रामोसको प्रशंसा गरे । अर्जेन्टिनी कप्तान समेत रहेका मेस्सीलाई बेकह्यामले फुटबल इतिहासकै उत्कृष्ट खेलाडी मध्ये एक रहेको बताए ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.