default_image

2 years ago

February 25, 2022

आत्मघाती गोलमा आर्सनलको रोमाञ्चक जित

92 views

0 Bookmark

एजेन्सी – इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जोसे साले आत्मघाती गोल गरेपछि लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा रोमाञ्चक जित निकालेको छ ।

आर्सनलले घरेलु मैदानमा पछि परेको स्थिति उल्ट्याएर वल्भ्सलाई २–१ ले पराजित गरेको हो । इमिरेट्स स्टेडियममा वल्भ्सका हि चान ह्वाङले गोल गर्दा घरेलु टोली आर्सनलका निकोलस पेपेले बराबरी गोल फर्काएका थिए ।

खेलको १०औं मिनेटमा हि चान ह्वाङको गोलमा वल्भ्सले अग्रता लिएपनि वल्भ्सले त्यसलाई दोस्रो हाफको अन्त्यतिर जोगाउन सकेन । ८२औं मिनेटमा निकोलस पेपेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले इडवार्ड एनकेइटाहको पासमा गोल गरेका थिए ।

त्यसपछि इन्ज्युरी समयमा जोसे साले आत्मघाती गोल गरेपछि आर्सनलले महत्वपुर्ण जित निकाल्दै ३ अंक जोड्न सफल भयो ।

यो जितसँगै आर्सनल २४ खेलबाट ४५ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । आर्सनल दुई खेल बढी खेलेको म्यानचेस्टर युनाइटेडभन्दा १ अंकले पछि छ । पराजित वल्भ्स २५ खेलबाट ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

May 8, 2024

आरसी ३२ शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजनको सातौं चरणको पहिलो खेलमा जित दर्ता गर्दै आरसी ३२ फुटबल एकेडेमी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा आरसी ३२ ले स्पोर्ट्स एकेडेमी साँगालाई २-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा सुजन बलम्पाकी मगर र सञ्जय सुब्बाले समान १-१ गोल […]

Success

Thank you for your time.