default_image

2 years ago

February 27, 2022

खेलाडीलाई अन्य क्लबमा नजान ए डिभिजन क्लबको आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ‘ए’ डिभिजन लिगका आठ क्लबले आफ्नो क्लबमा दर्ता भएका खेलाडीलाई क्लबको स्वीकृतिविना अन्य क्लबमा आवद्ध हुन तथा प्रतियोगिता नखेल्न आग्रह गरेको छ । यसवर्षको च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित ए डिभिजनमा रहेका आठ क्लबले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लिग पश्चात क्लबहरु मोफसलको प्रतियोगिताहरु खेल्ने तयारीमा रहेकाले ‘ए’ लिगका लागि […]

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ‘ए’ डिभिजन लिगका आठ क्लबले आफ्नो क्लबमा दर्ता भएका खेलाडीलाई क्लबको स्वीकृतिविना अन्य क्लबमा आवद्ध हुन तथा प्रतियोगिता नखेल्न आग्रह गरेको छ ।

यसवर्षको च्याम्पियन मछिन्द्र फुटबल क्लबसहित ए डिभिजनमा रहेका आठ क्लबले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लिग पश्चात क्लबहरु मोफसलको प्रतियोगिताहरु खेल्ने तयारीमा रहेकाले ‘ए’ लिगका लागि क्लबमा दर्ता भएका खेलाडीलाई क्लबको स्विकृतिविना अन्य क्लबमा आवद्ध नहुन तथा अन्य क्लबलाई खेलाडी अनुबन्ध गर्दा क्लबको स्वीकृति लिन आग्रह गरेको छ ।

मछिन्द्रसहित न्युरोड टिम (एनआरटी), मनाङ मर्स्र्याङ्दी, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै क्लबको अनुमतिबिना आफ्ना खेलाडीलाई करारमा सम्झौता नगर्न अन्य क्लबलाई समेत आग्रह गरेको छ । विज्ञप्तिमा तीन विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबसहित रेलिगेसनमा परेका च्यासल युवा क्लब र ब्रिगेड ब्वाइज क्लबको हस्ताक्षर छैन । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको क्लब हिमालयन शेर्पा क्लबले पनि हस्ताक्षर गरेको छैन ।

आइतबार विहान मात्र झापा फुटबल क्लबले अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । नेपाल सुपर लिग (एनएसएल) का लागि मार्की खेलाडी अनुबन्ध गर्ने प्रक्रिया सुरु हुँदा ए डिभिजन क्लबहरुले यस विज्ञप्ति जारी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गत सिजन अधिकांश खेलाडी कुनै क्लबमा आबद्ध नभएको अवस्थामा एनएसएलमा खेलाडी अनुबन्ध सहज भएको थियो । विभागीय टोलीको हकमा केहि समस्या आएपनि अन्त्यमा एन्फाले समन्वय गरेको थियो । यसपटक भने प्रक्रिया निकै कठिन हुने देखिन्छ ।

यसअघि नै राष्ट्रिय टोलीको योजनामा असर गर्ने एनएसएलबारे एन्फा अनभिज्ञ रहेको र एनएसएल हुनेमा दुविधा रहेको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.