default_image

4 years ago

March 3, 2022

खुमलटारसँग आरसिटीको हार

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल रानी पोखरी कर्नर टिम (आरसिटी) ले लिगको पहिलो खेलमै खुमलटार युथ क्लबसँग हार बेहोरेको छ ।

एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा आरसिटी खुमलटारसँग ३–१ को गोलअन्तरले पराजित भएको हो । खुमलटारको जितमा दिवस छन्त्याल, विपिन थापामगर र नवराज गुरुङले गोल गरे । आरसिटीका अनुप गुरुङले एक गोल फर्काए ।

खेलको १७ औं मिनेटमा दिवस छन्त्यालले गोल गर्दै खुमलटारलाई सुरुआती अग्रता दिलाए । ७९औं मिनेटमा विपिन थापा मगरले गोल गर्दै खुमलटारको अग्रता दोब्बर पारे । ८७औं मिनेटमा अनुप गुरुङले गोल गर्दै आरसिटीलाई २–१ को स्थितिमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा नवराज गुरुङले गोल गर्दी खुमलटारलाई ३–१ को जित दिलाए । जितसँगै खुमलटारले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।

यस्तै अर्को खेलमा श्री कुमारी क्लब र नयाँ बस्ती युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । नयाँवस्तीका अभय धिमाल, सुमन योङयाले गोल गरे । श्री कुमारीका सृजन राज गौतम र निर बहादुर आलेले गोल गरे ।

खेलको २२ औं मिनेटमा अभय धिमालको गोलबाट नयाँ बस्तीले सुरुआती अग्रता लिएको थियो । ४८औं मिनेटमा सृजन राज गौतमले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६८औं मिनेटमा सुमन योङयाले गोल गर्दै नयाँ बस्तीलाई पुनः २–१ को अग्रता दिलाए । ८७औं मिनेटमा कप्तान निर बहादुर आलेले गोल गर्दै श्री कुमारीलाई हारबाट जोगाए । यस बराबरीसँगै नयाँ बस्ती र श्री कुमारीले समान १ अंक जोडेको छ ।

लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ’ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.