default_image

2 years ago

March 4, 2022

जगजितलाई काठमाडौं रेजर्सले किन्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका मिडफिल्डर जगजित श्रेष्ठले काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा ए क्याटागोरीका जगजितलाई काठमाडौं रेजर्सले न्यूनत्तम रकम १ लाख ५० हजारमा खरिद गरेको हो । जगजितले पहिलो पटक एनएसएल खेल्ने भएका छन् । अष्ट्रेलिया बस्दै आएका जगजित सहिद […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी क्लबका मिडफिल्डर जगजित श्रेष्ठले काठमाडौं रेजर्सबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । एनएसएलका लागि शुक्रबार भएको अक्सनमा ए क्याटागोरीका जगजितलाई काठमाडौं रेजर्सले न्यूनत्तम रकम १ लाख ५० हजारमा खरिद गरेको हो । जगजितले पहिलो पटक एनएसएल खेल्ने भएका छन् ।

अष्ट्रेलिया बस्दै आएका जगजित सहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि स्वदेश फर्केका थिए । उनले आर्मीबाट लिग खेलेका थिए ।
नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)को आयोजनामा चैत २६ गतेबाट हुने एनएसएलको दोस्रो संस्करणमा ३ नयाँ टोली थपेपछि कुल १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । अक्सनमा ३ क्याटागोरीमा २ सय ४२ खेलाडी समावेश छन् ।

एनएसएलमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र तीन नयाँ टोली झापा एफसी, वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलाम डि मेची रहेका छन् । यसपटक एनएसएल पोखरा र काठमाडौंमा हुने भनिएको छ ।

May 1, 2024

बायर्न म्युनिख र रियल म्याड्रिडको बराबरी

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत पहिलो सेमीफाइनलको पहिलो लेगमा बायर्न म्युनिख र रियल म्याड्रिडले बराबरी खेलेका छन् । घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा बायर्नले खेलमा रहेको अग्रता अन्तिम तिर गुमाउन पुगेको थियो । १-० ले पछि परेको अवस्था उल्ट्याउँदै बायर्नले हाफको सुरुवातमै गोलको अग्रता बनाएको हो । तर खेलको अन्त्यतिर रियलले बराबरी गोल […]

April 30, 2024

सागरको ह्याट्रिकमा पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सागर थिङले दोस्रो हाफमा गरेको ह्याट्रिक सहित पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सि डिभिजन लिगमा मंगलबार सहज जित दर्ता गरेको छ । पुल्चोकले रानीवन स्पोर्ट्स क्लब माथि ४-० को सहज जित दर्ता गरेको हो । पुल्चोकका लागि सागर थिङले ह्याट्रिक गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दा ८२औं मिनेट सहित […]

April 30, 2024

कोशीसँगै सुदूरपश्चिम महिला लिगका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश एन्फा महिला लिगको अन्तिम चरणका लागि छनोट भएका छन् । कर्णाली प्रदेशलाई लिग छनोटमा मंगलबार १–० ले पराजित गरेसँगै सुदूरपश्चिम लिगको अन्तिम चरणका लागि छनोट हुन सफल भएको हो । ५ खेलमा शीर्षस्थानको रहेको कोशीको १३ र सुदूरपश्चिमको १२ अंक छ । अन्तिम खेल अघि नै […]

Success

Thank you for your time.