default_image

2 years ago

March 4, 2022

एनआरटी स्तब्ध, बागमती खप्तड गोल्डकपको क्वार्टरफाइनलमा

89 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन टोली न्यूरोड टिम (एनआरटी) लाई स्तब्ध पार्दै सर्लाहीको बागमती युवा क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा क्वार्टरफाइनलमा पुगेको छ ।

धनगढी रंगशालामा टाइब्रेकरमा लिगको तेस्रो टोलीलाई ४–३ ले हराउँदै बागमती अन्तिम आठमा पुगेको हो । निर्धारित समयमा २–२ को बराबरीपछि टाइब्रेकरमा बागमतीले बाजी मारेको थियो । एनआरटीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा पहिलो खेलमै पराजित हुनु परेको थियो ।

खेलको ६८ औं मिनेटमा स्टेफेन समिरको गोलबाट एनआरटीले अग्रता लिएको थियो । ७५ औं मिनेटमा स्टेफेनको पेनाल्टी गोलमा एनआरटीले अग्रतालाई दोब्बर पारेको थियो। दिनेश घलेललाई वागमतिका अभिषेक वाइवाले फाउल गरेपछि एनआरटीले पेनाल्टी पाएको थियो । ८३ औं मिनेटमा वागमतिका लाागि विमल घिसिङले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए । त्यसको दुई मिनेटपछि खेलको ८५ औं मिनेटमा वागमतिका कप्तान विजय घलानले गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएका थिए ।

निर्धारित समय बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा वागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे । सुमन राई पेनाल्टीमा चुके । एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर, आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका वागमतिका गोलरक्षक मनोज प्रधान म्यान अफ द म्याच भए र १० हजार प्राप्त रुपैयाँ प्राप्त गरे ।

खेलपछि प्रतिक्रिया दिदैं वागमति युवा क्लबका प्रशिक्षक रोजित केसीले ए डिभिजन क्लबलाई हराउँदा खुसी लागेको जनाउँदै कम अनुभवका वावजुद पनि आफ्नो खेलाडीहरुले उत्कृष्ट खेलेको बताए । हामी सी छनोट खेल्ने तयारीमा छौं। अनुभवका लागि यहाँ खेलेका हौं, उनले भने, सफल नतिजा आयो । जित्छौ की भन्ने आशा थियो। एनआरटीले पनि राम्रो खेल्यो । हामी नआत्तिएर काउन्टर अट्याकमा गोल गर्ने रणनितिमा खेल्यौं । त्यही नजिताले अघिल्लो चरणमा बढ्यौं ।’

एनआरटीका प्रशिक्षक राजुकाजी श्रेष्ठले भने आफ्नै खेलाडीहरुको गल्तीका कारण दुई गोलको अग्रता जोगउन नसकेको बताए । खेलाडीहरुको प्रदर्शनबाट सन्तुष्ट छैन । हाम्रा खेलाडीहरुले जुन अनुभव देखाउनु पथ्र्यो त्यो देखाउन सकेनन् , प्रशिक्षक शाक्यले भने हामी खेल जित्नैपर्ने प्रेसरमा थियौं । वागमतिलाई त्यो थिएन । त्यही प्रेसरले दुई गोलको अग्रता जोगाउन सकेनौं । पेनाल्टीमा नतिजा विपक्षीको पक्षमा गयो ।’

आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा शनिबार हिमालयन शेर्पा क्लब र जनजागृति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र दोस्रो टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडीले समान २५ हजार प्राप्त गर्नेछन् । फेयर प्ले टोलीले २५ हजार पाउने प्रतिायेगिताको हरेक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

May 11, 2024

लगातार चार हारपछि टोटेनहमको जित

एजेन्सी – इंग्लिश प्रिमियर लिगमा लगातार चार हार बेहोरेको टोटनहम हटस्परले जित दर्ता गरेको छ । टोटेनहमले शनिबार साँझ भएको खेलमा बर्नली विरुद्ध २-१ को पुनरागमन जित दर्ता गर्यो । टोटेनहमका लागि दुवै गोल दुई डिफेन्डर बाट आएको थियो । तर त्यसअघि २५औं मिनेटमा जेकब ब्रुन लार्सनले गोल गर्दै। बर्नलीलाई खेलमा अग्रता दिलाएका थिए । […]

May 11, 2024

म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

एजेन्सी – लगातार तीन पटकको विजेता र लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधिको खोजमा रहेको म्यानचेस्टर सिटी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको पहिलो खेलमा फुलहम माथि ४-० को फराकिलो जित दर्ता गर्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जितमा डिफेन्डर जोस्को ग्वार्डीओलले दुई गोल गरे भने फिल फोडेन र […]

May 10, 2024

बागमती र पुल्चोक विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार भएका खेलमा बागमती युथ क्लब र पुल्चोक स्पोर्ट्स क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा बागमतीले रानीवन स्पोर्ट्स क्लब विरुद्ध ३-१ को जित दर्ता गर्यो । बागमतीको जितमा दिपेश राईले दुई गोल तथा सृजन राज गौतमले एक गोल गरे […]

Success

Thank you for your time.