default_image

2 years ago

March 6, 2022

आत्मघाती गोलले बायर्न रोकियो

117 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत बायर्नले बायर लिभरकुसनसँग १–१ गोलको बराबरी खेलेको हो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नका लागि निकलस सुलले गोल गर्दा बायर लिभरकुसनले उपहार गोल पाएको थियो ।

खेलको १८औं मिनेटमा निकलस सुलको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएपनि आत्मघाती गोल गर्न पुग्दा बायर्न जितबाट वञ्चित हुन पुग्यो । ३६औं मिनेटमा थोमस मुलरले केरिम डेमिरवेको फ्रिकिकलाई बचाउने क्रममा मुलरले आफ्नै पोस्टमा गोल गर्न पुग्दा बायर्नका गोलरक्षक एसभेन अलरिचले रोक्ने कुनै अवसर नै पाएन ।

त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै निर्णायक बन्दा दुवै टोलीले अंक बाँडे ।

यो बराबरीसँगै बायर्नले शीर्ष स्थानमा ९ अंकको अग्रता लिन सफल भएको छ । बायर्नको २५ खेलबाट ५९ अंक पुगेको छ । एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डको ५० अंक छ । बायर्नलाई रोकेको बायर लिभरकुसन २५ खेलबाट ४१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

May 18, 2024

एडर्सनले दुई महत्वपूर्ण खेल गुमाउने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका पहिलाे राेजाईका ब्राजिली गोलरक्षक एडर्सन मोराएसले दुई महत्वपूर्ण खेल गुमाउने भएका छन् । आँखाको चोटका कारण मोराएसले प्रिमियर लिगको उपाधि निर्णायक र एफए कपको फाइनल खेल गुमाउने भएका हुन् । मंगलबार टोटेनहमलाई २–० ले पराजित गरेको खेलमा ३० वर्षीय मोराएसले चोट बोक्न पुगेका थिए । स्पर्शका क्रिस्टियन रोमेरोसँग जुध्न […]

May 17, 2024

बागमती सि डिभिजनको शीर्ष स्थानमा

एजेन्सी – बागमती युवा क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा खालीवारी युवा क्लब विरुद्ध गोलरहित बराबरी खेलेसँगै बागमती शीर्ष स्थानमा उक्लिएको हो । बागमतीको ८ खेलमा १७ अंक पुगेको छ । १०औं स्थानमा रहेको खालीबारीको भने ९ खेलमा ९ अंक मात्र रहेको छ […]

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

Success

Thank you for your time.