default_image

2 years ago

March 7, 2022

धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने

79 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको लागि धनगढी एफसीले ट्यालेन्ट हन्ट गर्ने भएको छ ।

धनगढी एफसीले विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडीलाई आवद्ध गराउने उदेश्यसहित क्लबले २५ फागुनमा ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गर्न लागेको उल्लेख गरेको छ ।

ट्यालेन्ट हन्ट धनगढी बोराडाँडीस्थित फाप्ला मैदानमा हुनेछ । सहभागिताका लागि धनगढीले अनुरोध गरेको छ । ट्यालेन्ट हन्टमा धनगढी एफसीका मुख्य प्रशिक्षक युगलकिशोर राई र मार्की खेलाडी विशाल राईको उपस्थितिमा खेलाडीको प्रतिभा नियालिनेछ ।

उपस्थित खेलाडीहरुबाट एक जनाले धनगढी एफसीको टोलीमा स्थान बनाउनेछ । त्यसबाहेक उत्कृष्ट प्रतिभावान तीन जना खेलाडीहरुलाई सुदूरपश्चिमकै प्रतिष्ठान एसपीए क्याम्पसमा छात्रवृत्ति समेत प्रदान गरिनेछ ।

नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमै उपविजेता बनेको धनगढीले यसपल्ट आगामी चैत २६ देखि हुने दोस्रो संस्करणको लागि तयारीलाई तीब्र पारेको समेत जनाएको छ ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको हाम्रो धनगढी एफसीले ‘मार्की खेलाडी’ मा राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई निरन्तरता दिएको घोषणा गरिसकेको छ । त्यसबाहेक धनगढीले अक्सनमार्फत खेलाडीहरु छनोट गरिसकेको छ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.