default_image

2 years ago

March 8, 2022

बिल्वाओसँगको हारले लेभान्टेलाई रेलिगेसन दवाव

37 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एथलेटिको बिल्वाओले रेलिगेसन जोनमा रहेको लेभान्टेलाई पराजित गरेको छ । बिल्वाओले लेभान्टेमाथि ३–१ को सहज जित निकालेको हो ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेभान्टेको जितमा मिकेल भेस्गा, इनाकी विलियम्स र ओइर जाररागाले गोल गरे । लेभान्टेका जर्ग डि फ्रुटोसले एक गोल फर्काए । सबै चार गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ६३औं मिनेटमा मिकेल भेस्गाको गोलबाट बिल्वाओेले सुरुवाती अग्रता लिन सफल भयो । उनले एलेक्स बेरेनगुएरको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा इनाकी विलियम्सले एलेक्सकै पासमा गोल गर्दै बिल्वाओको अग्रता दोब्बर पारे ।

८८औं मिनेटमा ओइर जाररागाले पेनाल्टीमा गोल गर्दै बिल्वाओलाई सहज जिततर्फ अग्रसर गराए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जर्ग डि फ्रुटोसले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि हार टार्न सकेन ।

यो जितसँगै बिल्वाओ २७ खेलबाट ४० अंक जोडेर आठौं स्थानमा रहेको छ । बिल्वाओसँग हार बेहोरेको लेभान्टेलाइै रेलिगेसन दवाव बढेको छ । लेभान्टे २७ खेलबाट १८ अंक जोडेर पुछारमा रहेको छ । ला लिगामा अब ११ चरणको खेल बाँकी रहँदा रेलिगेसन जोनमा रहेको लेभान्टे रेलिगेसन जोनभन्दा माथि रहेको टोलीभन्दा ७ अंकले पछि छ ।

May 7, 2024

दशरथ रंगशालाको अवस्था बारे खेलकुद मन्त्री श्रेष्ठको चासो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने खतरा बढेपछि युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले त्यसमा चासो देखाएका छन् । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको निरीक्षणपछि दशरथ रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको छ । त्यसकारण जेठ २४ गते नेपाल र […]

May 7, 2024

पिएसजी र डर्टमुण्ड बीचको दोस्रो लेग आज

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमीफाइनलको दोस्रो लेगमा पेरिस सेन्ट जर्मान (पिएसजी) आज भिड्ने छन् । खेल नेपाली समय अनुसार राती १२:४५ बजे पिएसजीको घरेलु मैदान पार्क डेश प्रिन्सेसमा सुरु हुनेछ । गत बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले १-० को अग्रता लिएको थियो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरेका […]

May 7, 2024

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लज्जास्पद हार बेहोरेको छ । युनाइटेडले घरेलु टोली क्रिस्टल प्यालेससँग ४–० को लज्जास्पद हार बेहोरेको हो । युनाइटेडलाई लज्जास्पद हार चखाउन माइकल ओलिसेले दुई तथा जिन फिलिप माटेटा र टेरिक मिट्चेलले समान एक गोल गरे । यससँगै क्रिस्टल प्यालेसले यो सिजनको प्रिमियर लिगको दुवै खेलमा युनाइटेडलाई हराउन सफल […]

Success

Thank you for your time.