default_image

4 years ago

March 8, 2022

ब्वाइज युनियनमाथि झम्सिखेलको जित

216 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – झम्सिखेल युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित दर्ता गर्ने क्रममा ब्वाइज युनियन क्लबमाथि सहज जित निकालेको छ । झम्सिखेलले ब्वाइज युनियनलाई ३–१ ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा झम्सिखेलको जितमा आकाश बहादुर राना, मनकुमार राई र अविरल रिजालले गोल गरे । ब्वाइज युनियनका विवेक राईले एक गोल फर्काए ।

खेलको १३औं मिनेटमा आकाशले गोल गर्दै झम्सिखेललाई सुरुवाती अग्रता दिलाए । १८औं मिनेटमा मन कुमार राईले गोल गर्दै झम्सिखेलको अग्रता दोब्बर पारे । ५८औं मिनेटमा अविरल रिजालले गोल गर्दै झम्सिखेललाई ३–० ले अघि बढाए । ६०औं मिनेटमा विवेक राईले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा झम्सिखेलले पहिलो जित निकाल्न सफल भयो ।

जितसँगै झम्सिखेलको ३ खेलबाट ४ अंक पुगेको छ । झम्सिखेल पहिलो खेलमा टोखा श्री भगवतीसँग ३–१ ले पराजित हुँदा दोस्रो खेलमा सरस्वती युथ क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । पराजित ब्वाइज युनियनको ३ खेलबाट ३ अंक छ ।

मंगलबारकै अर्काे खेलमा सरस्वती युथ क्लब र टुसाल युथ क्लबले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । सरस्वतीका दिपेश श्रेष्ठ र विक्रम विशुंखेले गोल गर्दा टुसालका लागि दुवै गोल धिरेन्द्र बहादुर साहले गरेका थिए ।

आठौं मिनेटमा दिपेशको गोलबाट सरस्वतीले अग्रता लिएको थियो । ६०औं मिनेटमा धिरेन्द्रले बराबरी गोल फर्काए । ६१हमैं मिनेटमा विक्रमले गोल गर्दै सरस्वतीलाई पुन? २–१ को अग्रता दिलाए । तर, ७७औं मिनेटमा धिरेन्द्रले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै टुसलालाई हारबाट जोगाए । बराबरीसँगै सरस्वतीको ३ खेलबाट ५ अंक पुगेको छ । टुसालको ३ खेलबाट २ अंक पुगेको छ ।

यस्तै टोखा श्री भगवती र नयाँ बस्ती युथ क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । नयाँ बस्तीका रमेश तामाङले गोल गर्दा श्री भगवतीका रमेश उराउले बराबरी गोल फर्काए । १४औं मिनेटमा रमेश तामाङले गोल गर्दै नयाँ बस्तीलाई सुुरुवाती अग्रता दिलाए । ५०औं मिनेटमा रमेश उराउले बराबरी गोल फर्काए ।

यो बराबरीसँगै अपराजित रहेको श्री कुमारीले ३ खेलबाट ७ अंक जोडेको छ । अपराजित नै रहेको नयाँ बस्तीको तीन खेलबाट ३ अंक पुगेको छ । लिगमा १४ क्लबको सहभागिता रहेको छ । शीर्ष दुई टोली शीर्ष डिभिजनमा बढुवा हुनेछ । पुछारको दुई टोली रेलिगेसनमा पर्नेछन् ।

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

December 8, 2025

मनाङ र हिमालय शेर्पाबाहेक सबैले राष्ट्रिय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]

Success

Thank you for your time.