4 years ago
March 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विंगर आशिष चौधरीले एक गोलसँगै अर्का गोलको लागि असिस्ट दिएपछि चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार तेस्रो जित हासिल गरेको छ ।

मध्यपुर युथ एसोसिएसनलाई २–० ले पराजित गर्दै चर्च ब्वाइजले लिगमा लगातार तेस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा चर्च ब्वाइजको जितमा आशिष चौधरी र कुवेर न्यौपानेले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
४३औं मिनटमा आशिषको गोलबाट चर्च ब्वाइजले १–० को अग्रता बनायो । साइमन लिम्वुको चलाखीपूर्ण पासलाई आशिषले अफ साइड बिट ट्याप गर्दै एक डिफेन्डरलाई बिट गर्दै सुन्दर गोल गर्न सफल भएका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा कुवेर न्यौपानेले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर पारे । विवेक पौडेलको पासमा आशिष चौधरीले लिएको पासलाई कुवेरले पोस्ट नजिकैबाट वान टचमा जाली चुमाउन सफल भएका थिए ।
दोस्रो हाफमा दुवै टोलीबाट केही अवसर सिर्जना भएपनि थप गोल निस्कन नसक्दा चर्च ब्वाइज विजयी हुन सफल भयो । यो जितसँगै शीर्षस्थानमा रहेको चर्च ब्वाइजको ३ खेलबाट ९ अंक पुगेको छ । दोस्रो हार बेहोरेको मध्यपुरको ३ खेलबाट ३ अंक नै छ ।
लिगकै अर्काे खेलमा खुमलटार युथ क्लबले बाँसबारी क्लबलाई १–० ले पराजित गरेको छ । खुमलटारको जितमा पहिलो हाफमा कप्तान सविन केसीले गरेको गोल नै निर्णायक बन्यो । उनले ३०औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै खुमलटारको ३ खेलबाट ६ अंक पुगेको छ । पराजित बाँसबारीको ३ खेलबाट १ अंक छ ।
यस्तै लिगकै अर्काे खेलमा वीरगन्ज युनाइटेडले सामाजिक युथ क्लबलाई १–० ले पराजित गरेको छ । वीरगन्जको जितमा कृपाकान्त महतो थारुले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७१औं मिनेटमा गोल गर्न सफल भएका थिए । यो जितसँगै वीरगन्को ३ खेलबाट ४ अंक पुगेको छ । पराजित सामाजिकको ३ खेलबाट १ अंक छ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]