default_image

2 years ago

March 10, 2022

विमलको दुई गोलसँगै झापा-११ सेमिफाइनलमा

130 views

0 Bookmark

हिमाल खरेल, झापा

राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगरको दुई गोलसँगै रेडपाण्डा फुटबल क्लबलाई ५-१ ले पराजित गर्दै घरेलु टोली झापा-११ फुटबल क्लब बिर्तामोडमा जारी पाँचौ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विहीबार भएको अन्तिम क्वाटरफाइनलमा सिक्किमको रेडपान्डा फुटबल क्लबविरुद्ध विमलले २ गोल गर्दा कप्तान विशाल राई बी र विश्वास श्रेष्ठले १-१ गोल गरे । रेडपाण्डाले झापा­–११ लाई एक गोल उपहार दियो । रेडपान्डाका लागि ६६ औं मिनेटमा योगेश मगरले पेनाल्टीमार्फत एकमात्र गोल गरे । झापाका विशाल बस्नेतले सिक्किमका अमन रसाइलीलाई पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि पेनाल्टी पाएको थियो ।

त्यसअघि खेलमा झापा­–११ ले सुरुवाती अग्रता लिएको थियो । खेलको ३१ औं मिनेटमा झापाका विमल घर्ती मगरले पेनाल्टी गोल गरे । सिक्किमका सागर गुरुङले झापाका रुपेश बर्तौलालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि विमलले उक्त अवसरको सदुपयोग गरे । विमलसहित लिग च्याम्पियन मछिन्द्रका विशाल राई र आन्द्रेस निया झापा-११ बाट खेलेका थिए ।

५५ औं मिनेटमा सिक्किमका पिन्सो भुटियाले आत्मघाती गोल गरे । झापाका लागि तेस्रो गोल ५८ औं मिनेटमा कप्तान विशालले तेस्रो गोल गरे । उनले आफ्नै पहिलो प्रहारमा सिक्किमका गोलरक्षक निन्डुप लेप्चाबाट रिवाउन्डमा आएको बललाई पोस्टको दिशा दिए । ६० औं मिनेटमा झापाले पेनाल्टी पाएपनि विमलको प्रहारलाई सिक्किमका गोलरक्षक मिन्डुप लेप्चाले पञ्च गर्दै बचाए ।

६६ औं मिनेटमा योगेशले गोल अन्तर घटाएपनि विमलले पुन: अर्को पेनाल्टीमा गोल गरे । ७७ औं मिनेटमा सिक्किमका पिन्सो लेप्चाले पेनाल्टी क्षेत्रभित्र हातले बल छोएपछि प्राप्त पेनाल्टीमा विमलले पनेंका प्रहार गर्दै गोल गरे ।

खेलको ८९ औं मिनेटमा विश्वास श्रेष्ठले झापाका लागि गोल थप्दै टिमलाई ५–१ को अग्रता दिलाए । मैदानको मध्यभागबाट लगेर गरेको प्रहार गोलमा परिणत भयो । त्यसअघि खेलको ८४ औं मिनेटमा सिक्किमका पिन्सो लेप्चा दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।

बिहीबारको खेलको प्लेयर अफ दि म्याच विजयी टोली झापाका विश्वास श्रेष्ठ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । जितसँगै अब झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताए ।

June 14, 2024

दोस्रो चरणमा २५ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका लागि दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट ५ खेलाडी कटौती गर्दै दोस्रो चरणमा २५ खेलाडी छनोट गरेका हुन् । प्रशिक्षणबाट सुशीला कुमारी चौधरी, सबिना चौधरी, गंगा गुरुङ, ममता पुन, मनमाया […]

June 14, 2024

एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले अगस्टमा हुने एएफसी महिला च्याम्पियन्स लिगमा सहभागिता जनाउने भएको छ । राष्ट्रिय महिला लिग २०२२ च्याम्पियन्स एपिएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणका लागि नेपालको प्रतिनिधित्व गर्न लागेको हो । एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफसहित २२ टोलीले खेल्ने एसियन फुटबल महासंघ (एएफसी) ले जनाएको छ । एएफसीका […]

June 14, 2024

युरो कप आजदेखि: उद्घाटन खेलमा जर्मनी र स्कटल्याण्ड भिड्दै   

एजेन्सी – युइएफए युरो २०२४ आजदेखि जर्मनीमा सुरु हुँदैछ । आयोजक र तीन पटकको च्याम्पियन जर्मनीले शुक्रबार म्युनिखमा हुने उद्घाटन खेलमा स्कटल्याण्डको सामना गर्दैछ । म्युनिख फुटबल एरिनामा समूह ए अन्तर्गतको सो खेल शनिबार नेपाली समय अनुसार बिहान १२:४५ बजे सुरु हुनेछ । २४ शीर्ष युरोपियन टोलीहरू छ समूहमा विभाजित रहेका छन् । फाइनल जुलाई […]

Success

Thank you for your time.