default_image

2 years ago

March 10, 2022

फ्रेन्ड्स सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा

115 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – ए डिभिजन टोली फ्रेन्ड्स क्लब पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । धनगढी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ ले हराउँदै फ्रेन्ड्स उपाधि नजिक पुगेको हो ।

सर्वाधिक धनराशीको खप्तड गोल्डकपको उपाधिका लागि फ्रेन्ड्सले शनिबार अर्को ए डिजिभन टोली मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मनाङले हिमालयन शेर्पा क्लबलाई हराएर यसअघि नै फाइनल पुगिसकेको छ । फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजीब लोप्चनले एक एक गोल गरे । बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए ।

खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाए । राजीवले ७१ औं मिनेटमा गोल थप्दै अन्तरलाई दोब्बर पारे । ८३ औं मिनेटमा जुनियरले गोल गरेपनि बागमतीको हार टरेन । फेन्ड्सका श्याम केपछाकी म्याच अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पाए ।

फ्रेन्ड्सका प्रशिक्षक मिगेन्द्र मिश्रले लक्ष्य अनुसार फाइनल पुग्न सफल भएको बताए । ‘वागमतिले पनि राम्रो खेलेको थियो । योङ प्लेयरले राम्रो लेखे । उनीहरुलाई अनुभवको कमि थियो । हामीले त्यसलाई क्यास गरेयौ । हामीले इज्जतका लागि पनि जित्नुपर्ने दबाब थियो । खेल जित्यौ ’ प्रशिक्षक मिश्रले भने–‘पहिलो हाफमा हामीले गोल खाने अवस्था पनि थियो । त्यो वागमतिले विगारेपछि हामीले रणनिति चेन्ज गर्यौ । अब हामी उपाधि जित्छौ । २१ लाख रुपैयाँ लिएरै जाने हो ।’

वागमति युवा क्लबका प्रशिक्षक रोजित केसीले ए डिभिजन क्लब विरुद्ध राम्रो खेलेको प्रतिक्रिया दिए । ‘समग्रमा राम्रो खेल्यौ । हामी अनुभवका लागि आएको हो र राम्रौ छाप छोडेर गएका छौं ’ प्रशिक्षक केसीले भने–‘धेरै म्याच खेल्दा फिटनेसमा समस्या देखियो । टाईब्रेकरमा लैजाने हाम्रो सोच थियो । त्यसमा सफल भएनौं । आजको खेलमा विदेशी खेलाडीले पनि राम्रो खेल्न सकेनन् ।’

सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले उपाधिसहित २१ लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले एक लाख पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षक सहित उदयमान खेलाडीले समान २५ हजार रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले पनि २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.