default_image

2 years ago

March 11, 2022

झापा गोल्डकप– आर्मी र सातदोबाटोबीच पहिलो हाफमा बराबरी

हिमाल खरेल, झापापाँचौं झापा गोल्ड कपको पहिलो सेमिफाइनलको पहिलो हाफमा दुई ए डिभिजन टोली त्रिुभवन आर्मी क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । पहिलो हाफको समाप्तीमा १–१ को बराबरी भएको छ । दीपकसिंह ठकुरीको गोलमा सातदोबाटो खेलमा फर्किएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा सुमन आर्यालको गोलबाट आर्मीले अग्रता बनाएको थियो । इन्ज्युरी […]

178 views

0 Bookmark

हिमाल खरेल, झापा
पाँचौं झापा गोल्ड कपको पहिलो सेमिफाइनलको पहिलो हाफमा दुई ए डिभिजन टोली त्रिुभवन आर्मी क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । पहिलो हाफको समाप्तीमा १–१ को बराबरी भएको छ । दीपकसिंह ठकुरीको गोलमा सातदोबाटो खेलमा फर्किएको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी मैदानमा सुमन आर्यालको गोलबाट आर्मीले अग्रता बनाएको थियो । इन्ज्युरी सममा गोल गर्दै सातदोबाटोले खेलमा बराबरी गरेको हो । इन्ज्युरी समयको दोस्रो मिनेटमा सातदोबाटोले बराबरी गोल फर्काएको हो ।

खेलको २७ औं मिनेटमा आर्मीले अग्रता बनाएको थियो । सन्तोष तामाङको फ्रिकिकलाई सुमनले पोष्ट नजिकबाट गोल गरेका हुन् । सुशिल राईको पेनाल्टी बक्समा निकालेको पासमा दीपकले गोल गर्दै खेललाई बराबरी पु¥याएका थिए ।

यसै महिना सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा आर्मी र सातदोबाटोले १–१ को बराबरी खेलेको थियो ।आर्मीले दोस्रो र पहिलो पटक ए डिजिभ लिग खेलेको सातदोबाटो चौथो स्थानमा यसपटकको लिगको अन्त्य गरेको थियो । आजको विजेताले फाइनलमा झापा ११ वा संकटा क्लबमध्ये एक टोलीको सामना गर्नेछ । झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

April 29, 2024

इङ्ल्यान्ड ‘सि’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । नेपाली टोलीको आज एन्फाले विदाई समेत गर्दैछ । नेपाली टोलीमा नियमित डिफेन्डर अनन्त तामाङ […]

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

Success

Thank you for your time.