default_image

2 years ago

March 12, 2022

मनाङ दोस्रो पटक खप्तड गोल्डकप च्याम्पियन

धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले दोस्रो पटक मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार मनाङले अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधि जितेको हो । यसअघि पहिलो संस्करण पनि मनाङले जितेको थियो । मनाङको जितमा दीनेश राजवंशी, ओलावाले अफिज र मौस […]

84 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले दोस्रो पटक मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धनगढी रंगशालामा शनिबार मनाङले अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबलाई ३–१ ले हराउँदै खप्तड गोल्डकपको पाँचौं संस्करणको उपाधि जितेको हो । यसअघि पहिलो संस्करण पनि मनाङले जितेको थियो ।

मनाङको जितमा दीनेश राजवंशी, ओलावाले अफिज र मौस अबगनाले गोल गरेका थिए । दुई महिना अघि दशरथ रंगशालामा भएको सहिद स्मारक ए डिभिजन लिगमा पनि मनाङले २–० को जित निकाल्दा अफिज र दीनेशले गोल गरेका थिए । शनिबार फाइनलमा फ्रेन्ड्सका लागि जमोल एन्थोनीले गोल गरेका थिए ।

पहिलो हाफमा दीनेश राजवंशीको गोलबाट मनाङले १–० को अग्रता लिएको थियो । खेलको २२ औं मिनेटमा झण्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकमा दीनेशले गोल गरेका हुन् । उनको फ्रिकिकलाई रोक्न फ्रेन्ड्सका गोलकिपर राहुल यादव असफल भएका थिए ।

फ्रेन्ड्सले ५१ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । पहिलो हाफमा पेनाल्टीमा गोल गर्न चुकेका फ्रान्स्वाले विपक्षी खेलाडीको गल्तीको फाइदा उठाउँदै खेललाई बराबरी गरेका थिए । मनाङका फ्राक्लिङले गोलकिपर विशाल सुनारलाई ब्याक पासमा दिएको बललाई नियन्त्रणमा लिदै जमोलले गोल गरेका थिए ।

अफिजले ७१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पेनाल्टी बक्समा फ्रेन्ड्सका खेलाडीको आपसी तालमेल नमिल्दा अफिजले गोल गरेका थिए । काउन्टर अक्याकमा मौसाले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै मनाङको जित पक्का गरेका थिए ।

त्यसअघि फ्रेन्ड्सले खेलमा अग्रता लिने मौका गुमाएको थियो । १७ औं मिनेटमा जमोलको पेनाल्टीलाई मनाङका गोलकिपर विशालले रोकेका थिए । बल नियन्त्रणको प्रयास गरिरहेका श्याम क्यापछाकीलाई विपक्षी खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टी पाएको थियो । सहिद स्मारक ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता रहेका फ्रान्स्वाले फाइनलमा समेत गरिे खप्तड गोल्डकपमा ४ गोल गरे ।

दुवै टोलीले १० खेलाडीमा सिमित रहँदै खेलको अन्त्य गरेका थिए । ८६ औं मिनेटमा विवादका कारण मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्याम क्यापछाकीले रातो कार्डको सामना गर्दै मैदान छाडेका थिए । श्यामले भने दोस्रो पहेलो कार्डपछि रातो कार्ड पाएका थिए । सुदूरपश्चिम ११ फुटबल क्लबले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको खप्तड गोल्डकपको विजेता मनाङले उपाधिसहित २१ लाख र दोस्रो भएको फ्रेन्ड्सले १० लाख रुपैयाँ प्राप्त गर्यो ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.