default_image

2 years ago

March 17, 2022

साफ च्याम्पियनसिप – नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज (बिहीबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्देछ । खेल भारतको जमसेदपुरमा नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ । आफ्नो पहिलो खेलमा घरेलु टोली भारतसँग ७–० को फराकिलो हार बेहोरेको नेपाल उक्त खेलको कमी कमजोरी सुधार गर्दै च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ । भारतविरुद्ध नेपाल चारै पक्ष […]

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज (बिहीबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्देछ । खेल भारतको जमसेदपुरमा नेपाली समयअनुसार साँझ ७ः१५ बजे हुनेछ ।

आफ्नो पहिलो खेलमा घरेलु टोली भारतसँग ७–० को फराकिलो हार बेहोरेको नेपाल उक्त खेलको कमी कमजोरी सुधार गर्दै च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ । भारतविरुद्ध नेपाल चारै पक्ष आक्रमण, मिडफिल्ड, डिफेन्स र किपिङमा निकै कमजोर देखिएको थियो ।

तर पछिल्लो समय राम्रो गरिरहेको बंगलादेशविरुद्ध नेपाललाई जित निकाल्न सहज भने हुनेछैन । यता, बंगलादेश पनि नेपाललाई हराएर च्याम्पियनसिपमा सुखद सुरुआत गर्न चाहन्छ ।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । नेपालले मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

May 5, 2024

मियामीको जितमा मेस्सीको प्रभाव, सुआरजेको ह्याट्रिक

एजेन्सी – लियोनल मेस्सीले ५ गोलमा एसिस्ट र लुइस सुआरेजले ह्याट्रिक पूरा गरेपछि अमेरिकन लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीले न्युयोर्क आरबीलाई आइतबार ६–२ ले हराएको छ । मियामीले खेलमा पूनरामगन गर्दै फराकिलो जित दिलाएको थियो । खेलमा ३० औं मिनेटमा डेन्टी भन्जिरको गोलमा न्युयोर्कले अग्रता लियो । मियामी दोस्रो हाफमा खेलमा फकएको […]

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

Success

Thank you for your time.