default_image

2 years ago

March 18, 2022

गोलरक्षक अन्जिलाको कथामा फिल्म बन्ने

काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने भएको छ । उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैले निर्वाह गर्ने भएकी छन् । केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले […]

199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– महिला राष्ट्रिय टोली तथा एपिएफकी गोलकिपर अन्जिला तुम्बापो सुब्बाको कथामा फिल्म बन्ने भएको छ । उनको वास्तविक कथामा आधारित हुने फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । अञ्जिलाले फिल्ममा आफ्नो भूमिका उनी आफैले निर्वाह गर्ने भएकी छन् ।

केन्द्र मोसन पिक्चर्सको प्रस्तुतीमा रहने फिल्म निर्माणको सहकार्य मुन लभ इन्टरटेमेन्टले गर्नेछन । अन्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बुद्धि तामाङ, माउत्से गुरुङ, प्रेमकुमार श्रेष्ठलगायतको फिल्ममा अभिनय रहने बताइएको छ ।

फिल्मको निर्मातामा प्रेमकुमार श्रेष्ठ, केन्द्र लिम्बु सह निर्मातामा विनोद अग्रवाल र राजेश अग्रवाल रहेका छन् । फिल्मको निर्देशन मिलन चाम्सले गर्नेछन् । निर्माता श्रेष्ठका अनुसार फिल्मको छायाङ्कन जेठ दोस्रो साताबाट सुरु हुनेछ । इलामको फिक्कल र काठमाडौंमा छयाङ्कन हुने फिल्म आगामी दशै आसपासमा प्रदर्शन गर्ने तयारी रहेको श्रेष्ठले जानकारी दिए ।

‘उनले आफ्नो इच्छाले खेलेकी हुन् । कसैको दबाब र प्रभावमा परेकी छैनन्,’ उनले भने, ‘अन्जिलाको संघर्ष अन्यको भन्दा फरक छ । उनको यस यात्रालाई प्राथमिकतामा राखेर सिनेमा निर्माण हुनेछ ।’

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा अर्को साता हुने पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयमा समेत रहेकी अञ्जिला राष्ट्रिय टोली र एपिएफकी पहिलो रोजाईकी गोलकिपर हुन् । गत वर्ष सम्पन्न राष्ट्रिय महिला लिगमा एपिएफ च्याम्पियन बन्दा टोलीको गोलपोष्ट उनले नै सम्हालेकी थिइन् । लिगका १२ खेलमा उनले मात्र एक गोलको सामना गर्नुपरेको थियो ।

उनले पाकिस्तानको राष्ट्रिय लिगमा मासा युनाइटेडबाट व्यवसायिक फुटबल खेलेकी थिइन् । गत वर्षको लिगमा उनले उक्त टोलीको कप्तानी समेत गरेकी थिइन् ।

May 5, 2024

जिरोना पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट

एजेन्सी – क्याटलान डर्वीमा बार्सिलोनामाथि सानदार पूनरागमन जित दर्ता गर्दै जिरोना पहिलोपल्ट युइएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ । मिशेलको प्रशिक्षणमा यो सिजन सानदार प्रदर्शन गरिरहेको जिरोनाले स्पेनिस ला लिगामा शीर्ष चारमा स्थान पक्का गर्दै क्लबको इतिहासमा पहिलोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको हो । शनिबार राति भएको खेलमा जिरोनाले घरेलु मैदामा […]

May 5, 2024

रोनाल्डोको ह्याट्रिकमा अल नासरको सानदार जित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा अल नासरले साउदी प्रो लिगमा सानदार जित दर्ता गरेको छ । अल नासरले अल वेदामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । गाेलकाे वर्षा भएकाे खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दा ओटाभियो, साडियो माने र मोहमेद अल फाटिलले समान एक गोल थपे । अल अवाल पार्कस्थित […]

May 5, 2024

म्यानचेस्टर सिटीको जितमा हालान्डको चार गोल

एजेन्सी – स्टार फरवार्ड एरलिङ हालान्डको चार गोल सँगै लगातार चौथो पटक इंग्लिश प्रिमियर लिग उपाधि आकांक्षी म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले वल्भस माथि ५-१ को फराकिलो जीत दर्ता गरेको हो । जोस्को गवार्डीओल माथि वल्भस्का आइट-नुरीले पाएको पेनाल्टीमा गोल गर्दै १२औं मिनेटमा हालान्डले सिटीलाई सुरुवाती अग्रता […]

Success

Thank you for your time.