default_image

2 years ago

March 20, 2022

बेन्जेमाले एल क्लासिको गुमाउने

एजेन्सी – उच्च लयमा रहेका फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले आइतबार हुने एल क्लासिको गुमाउने भएका छन् । चोटका कारण बेन्जेमाले बार्सिलोनाविरुद्ध हुने बह्रुप्रतिक्षित खेल नखेल्ने भएका हुन् । रियल म्याड्रिड हाल अंक तालिकाको शीर्ष स्थानमा छ । ६६ अंक जोडेको रियलले दोस्रो स्थानको सेभिल्लालाई १० अंकले पछि पारेको छ । बार्सिलोना ५१ अंकसहित तेस्रो स्थानमा […]

101 views

0 Bookmark

एजेन्सी – उच्च लयमा रहेका फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले आइतबार हुने एल क्लासिको गुमाउने भएका छन् । चोटका कारण बेन्जेमाले बार्सिलोनाविरुद्ध हुने बह्रुप्रतिक्षित खेल नखेल्ने भएका हुन् ।

रियल म्याड्रिड हाल अंक तालिकाको शीर्ष स्थानमा छ । ६६ अंक जोडेको रियलले दोस्रो स्थानको सेभिल्लालाई १० अंकले पछि पारेको छ । बार्सिलोना ५१ अंकसहित तेस्रो स्थानमा छ । तर क्याटलान टोलीले शीर्ष दुई टोलीभन्दा १ खेल कम खेलेको छ ।

खेलको पूर्वसन्ध्यामा रियलका प्रशिक्षक कार्लो एन्सेलोटिले बेन्जेमा नहुँदा पनि बार्सिलोनालाई हराउन सक्ने दावी गरे । ‘मलाई लाग्छ हामी जित्न सक्छौं,’ बेन्जेमाविना जित्न सकिन्छ भन्ने प्रश्नमा उनले भने, ‘पक्कैपनि उनी हाम्रो टोलीका महत्त्वपूर्ण खेलाडी हुन् । उनले नै खेलमा निर्णायक भूमिका खेल्दै आएका छन् । तर अब उनको काम गर्न अन्य खेलाडी अघि आउनेछन् ।’

‘बेन्जेमा ३४ वर्षका भए । र यो उमेरमा सामान्य समस्या आउँछ नै । यो सामान्य चोट हो र उनी राम्रोसँग ठिक हुँदैछन्,’ प्रशिक्षकले थपे, ‘उनी जब फर्कन्छन्, फेरी प्रभाव जमाउँछन् नै । अबको दुई सातामा उनी पूर्ण रुपमा ठिक हुनेछन् ।’

‘बेन्जेमा क्लासिको नखेल्नुले मलाई धेरै तनाव छैन । हामीलाई सिजनको अन्त्यतिर उनको आवश्यकता हुनेछ ।’

म्याड्रिडले के गुमाउनेछ ?

बेन्जेमाले सिजनभर ३४ खेल खेलेका छन् । यसक्रममा उनले ३२ गोल र १३ असिस्ट प्रदान गरेका छन् । आक्रमणमा उनको प्रभावले अन्य खेलाडीको पनि प्रदर्शनमा सुधार आएको छ । विशेषगरी भिनिसियस जुनिअर जसले १७ गोल र १४ असिस्टको योगदान दिएका छन् ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.