default_image

2 years ago

March 20, 2022

मेस्सीबिना पिएसजीको फराकिलो हार

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एएस मोनाकोसँग हार बेहोरेको छ । मोनाकोको घरेलु मैदानमा पिएसजी ३-० ले पराजित भएको हो । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीबिना उत्रिएको पिएसजीले अपेक्षित प्रदर्शन गर्न सकेन । मेस्सी र गोलरक्षक केलर नाभास रुघाखोकी लागेका कारण टोलीमा थिएनन् । पछिल्लो […]

60 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत अंक तालिकाको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एएस मोनाकोसँग हार बेहोरेको छ । मोनाकोको घरेलु मैदानमा पिएसजी ३-० ले पराजित भएको हो ।

अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीबिना उत्रिएको पिएसजीले अपेक्षित प्रदर्शन गर्न सकेन । मेस्सी र गोलरक्षक केलर नाभास रुघाखोकी लागेका कारण टोलीमा थिएनन् । पछिल्लो तीन दिनयता मेस्सीको स्वास्थ्यमा समस्या देखिएको थियो । उनको अवस्था सुधारिदै गएको बुझिएको छ । उनी अर्को साता हुने विश्वकप छनोटका खेलका लागि अर्जेन्टिनाको टोलीमा समावेश छन् ।

आइतबारको खेलमा मोनाकोका लागि विसाम बेन येडरले २ तथा केभिन भोलन्डले १ गोल गरे । फरवार्ड किलियन एमबाप्पेले आफ्नो पूर्व टोलीविरुद्ध अपेक्षित प्रदर्शन गर्न सकेनन् । अर्का फरवार्ड नेयमार पनि कमजोर प्रदर्शन गरेपछि खेलको १५ मिनेट बाँकी हुँदा नै परिवर्तन भएका थिए ।

मोनाकोले २५ औं मिनेटमा येडरको गोलमा अग्रता बनाएको थियो । दोस्रो हाफको ६८ औं मिनेटमा भोलन्डले अग्रता दोब्बर पारे । ८४ औं मिनेटमा कप्तान येडरले पेनाल्टीमा गोल गर्दै सहज जित पक्का गरे । उनको पेनाल्टी गोलरक्षक जियानलुइजी डोनारुम्माको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

यस हारका बाबजुद पिएसजी अंक तालिकामा १५ अंकले अगाडी छ । पिएसजीले २९ खेल ६५ अंक जोड्दा मार्सेको २८ खेलमा मात्र ५० अंक छ । मोनाको २९ खेलमा ४४ अंकसहित सातौं स्थानमा छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.