default_image

2 years ago

March 21, 2022

शीर्ष चारमा युभेन्ट्सको पकड

एजेन्सी – सालेरनिटानामाथि सहज जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा शीर्ष चारमा बलियो पकड बनाएको छ । घरेलु मैदानमा युभेन्ट्सले सालेरनिटानालाई २–० ले हराएको हो । एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । खेलको पाँचौ […]

84 views

0 Bookmark

एजेन्सी – सालेरनिटानामाथि सहज जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा शीर्ष चारमा बलियो पकड बनाएको छ । घरेलु मैदानमा युभेन्ट्सले सालेरनिटानालाई २–० ले हराएको हो ।

एलिएन्ज एरिना टोरिनोमा आइतबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको पाँचौ मिनेटमा डिबालाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । उनले डुसान भ्लाहोभिचको पासमा गोल गर्न सफल भएका थिए । २९औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

डुसानले माटिया डि स्किजलियोको पासमा गोल गरेका थिए । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा युभेन्ट्स विजयी हुन सफल भयो ।यो जितसँगै युभेन्ट्सले शीर्ष टोली एसी मिलानसँगको अंक दुरी ७ मा छोट्याउँदा पाँचौ स्थानको एटलान्टालाई ९ अंकले पछि पारेको छ ।

युभेन्ट्सको ३० खेलबाट ५९ अंक पुगेको छ । शीर्षस्थानको मिलानको ६६ तथा नेपोलीको ६३ तथा इन्टर मिलानको ६० अंक छ । एटलान्टाको ५१ तथा पराजित सालेरनिटाना १६ अंक जोडेर पुछारमा रहँदा रेलिगेसन दवाव बढेको छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा रोमाले लाजियोलाई ३–० ले पराजित गरेको छ । रोमाको जितमा ट्याम्मी अब्राहमदे दुई तथा लोरेन्जो पेलिग्रेनीले गोल गरे । यो जितसँगै रोमा ५१अंक जोड्दै छैटौं स्थानमा उक्लदा लाजियो ४९ अंकसहित सातौं स्थनमा झरेको छ ।

April 29, 2024

पिएसजीलाई फ्रेन्च लिग उपाधि

एजेन्सी – पेरिस सेन्ट जर्मान (पिएसजी) ले १२औं पटक फ्रेन्च शीर्ष डिभिजन लिगको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा मो लियोन सँग ३-२ ले पराजित भएसँगै पिएसजी तीन खेल बाँकी छदै लिग विजेता बनेको हो । पिएसजीको यो लगातार तेस्रो लिग उपाधि हो । शनिबार ले हाभ्रे विरुद्ध ३-३ को बराबरी पछि पिएसजी मोनाको […]

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

Success

Thank you for your time.