default_image

2 years ago

March 21, 2022

सन र केन चम्कदा टोटेनहमको सहज जित

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दुई गोल तथा इंग्लिस फरवार्ड ह्यारी केनले दुई असिस्ट दिएपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सहज जित हात पारेको हो । टोटेनहमको जितमा सनले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । वेस्टह्यामका […]

142 views

0 Bookmark

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दुई गोल तथा इंग्लिस फरवार्ड ह्यारी केनले दुई असिस्ट दिएपछि टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ ।

टोटेनहमले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडमाथि ३–१ को सहज जित हात पारेको हो । टोटेनहमको जितमा सनले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो । वेस्टह्यामका सेड वेनरहमाले एक गोल फर्काए ।

टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको नवौं मिनेटमा कोर्ट जोउमाको आत्मघाती गोलबाट टोटेनहमले सुरुवाती अग्रता लिएको थियो । २४औं मिनेटमा ह्युङ मिन सनले ह्यारी केनको पासमा गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे ।

३५औं मिनेटमा सेड वेनरहमाले गोल गरेपछि पहिलो हाफ २–१ म टुंगिएको थियो । त्यसपछि निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा केनकै पासमा सनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै टोटेनहम २९ खेलबाट ५१ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित वेस्ट ह्याम ३० खेलबाट ४८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.