default_image

2 years ago

March 21, 2022

जगदम्बा स्टिल जीतपुरसिमरा गोल्डकपको मुख्य प्रायोजक

75 views

0 Bookmark

सुनिल गाउँले, सिमरा

यसै साता सुरु हुने जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगितालाई जगदम्बा स्टिलले मुख्य प्रायोजन गरेको छ । जगदम्बा स्टिल र आयोजक नव जन जागृती युवा क्लबबीच सोमबार मुख्य प्रायोजन सम्बन्धि सम्झौता भएको थियो ।

सम्झौतामा जगदम्बाकातर्फबाट जनसम्पर्क प्रबन्धक कृष्णदत्त भट्ट र क्लबका अध्यक्ष रामचन्द्र लामाले सम्झौता गरेका थिए । प्रतियोगिता बिहीबार सिमरा रंगशालामा सुरु हुँदैछ । अघिल्लो संस्करण सम्म सह–प्रायोजकको भुमिका निभाएको जगदम्बाले प्रतियोगिताको लोकप्रियता कम्पनीको ब्रान्ड प्रवर्द्धनका लागि सहयोगी बन्ने भएकाले मुख्य प्रायोजक बनेको जनसम्पर्क प्रबन्धक भट्टले बताए ।

सिमरा रंगशालामा चैत १९ गते सम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टोलीको सहभागिता रहनेछ । साविक विजेता संकटा क्लबसहित ए डिभिजन लिगका अन्य क्लबहरुमा न्युरोड टिम (एनआरी), फ्रेन्डस क्लब, हिमालयन शेर्पा र एपिएफ छन् ।

आयोजक नव जनजागृती क्लबसँगै सुदूरपश्चिम ११ धनगढी, विजय युथ क्लब हेटौंडा, बागमती युवा क्लब सर्लाही, बिएफसी चितवनले पनि प्रतियोगितामा भाग लिएका छन् । विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उद्घाटन खेल सुदूरपश्चिम ११ र फ्रेन्ड्स क्लबका बीचमा हुनेछ ।

May 18, 2024

काठमाडौंलाई गोदावरी मेयर कप फुटबल उपाधि

ललितपुर (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले गोदावरी प्रथम उपत्यकाब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रस्तावित गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार भएको फाइनलमा चन्द्रागिरी नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं च्याम्पियन बनेको हो । काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले गोल गरे । उपाधिका साथ काठमाडौंले ५ लाख रुपैयाँ […]

May 18, 2024

पूर्वेली रातो दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्सको फाइनलमा

हिमाल खरेल, बिर्तामोडआयोजक पूर्वेली युवा क्लब रातो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा मोरङको विराट मेगा भेट्रान्स एफसीलाई ५–० ले पराजित गर्दै आयोजक रातो उपाधिनजिक पुगेको हो । जितसँगै आयोजक पूर्वेलीका दुवै टिम फाइनलमा पुगेका छन् । दुवै […]

May 18, 2024

बायर लेभरकुसेन लिग सिजनभर अपराजित

एजेन्सी – बायर लेभरकुसेनले जर्मन शीर्ष डिभिजन बुन्डेसलिगाको २०२३-२४ सिजन भर अपराजित रहँदै लिग उपाधि जितेको छ । लेभरकुसेनले ३४ खेलको लिग सिजन भर कुनै पनि खेलमा हार नबेहोरी लिग सिजन समाप्त गरेको हो । शनिवार भएको लिगको अन्तिम खेलमा लेभरकुसेनले आउसवर्ग माथि २-१ को जित निकाल्दै अपराजित रहेको हो । लेभरकुसेनले ३४ खेलमा २८ […]

Success

Thank you for your time.